अफ्रिकामा खडेरी : वन्यजन्तु र मानिसले पालेका बस्तुभाउ मर्न थाले


     नेचर न्युज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित


अफ्रिका महादेशको पूर्वी भेगमा पर्याप्त पानी नपर्दा परेको खडेरीले साढे दुई करोड जनाभन्दा बढी मानिस प्रभावित भएको छ । वर्षायाममा पानी नपरेपछि उत्तरी केन्या, सोमालियाका अधिकांश भाग र दक्षिण इथियोपियामा नराम्रो खडेरी परेको छ ।

धेरै ठाउँमा वन्यजीव र किसानले पालेका बस्तुभाउँ मर्न थालेको बीबीसीले समाचारमा लेखिएको छ । आगामी वर्षको मध्यसम्म सुख्खा कायम रहने अनुमान गरिएको छ ।केन्याको साबुली वन्यजन्तु आरक्षण केन्द्रमा वन्यजन्तु मृत भेटिएका तस्बिर र भिडियो सार्वजनिक भएका छन् । यस आरक्षण केन्द्रमा कम्तीमा ११ वटा जिराफ मृतअवस्थामा फेला परेको समाचारमा उल्लेख छ ।

खडेरीले जिराफ मात्र नभएर अन्य पशुपंछी पनि प्रभावित भएका छन् । चरण र पानीको अभावमा यो अवस्था आएको हो । सन् २०११ देखि यहाँ नराम्रो खडेरी परेको बताइएको छ । कन्या मात्र नभएर अफ्रिकाको ठूलो क्षेत्र खडेरीबाट प्रभावित भएको छ । खडेरीले कति प्रभाव परेको छ भन्ने आकलन गर्न कठीन भएको छ । अधिकांश घरपालुवा पशुपंछी भोकले मरेको बताइएका छ ।

किसानले ७० प्रतिशत बस्तुभाउ गुमाएको समाचार छ । क्षति डरलाग्दो छ । तिनलाई केही गर्न सक्दिनँ । सबै ईश्वरको इच्छा त होला स्थानीय अममद इब्राहिमले भनेका छन् । पानी पारोस भनेर म प्रार्थना गर्छु उनले भने मेरालागि सबथोक पशु धन हो । यहाँका ७० प्रतिशत मानिस पशुपालनमा निर्भर रहेको बताइएको छ ।