
सायद यतै कतै थियो
टेथिस सागर
म त्यसैको कोखबाट जन्मिएँ
कोख किंवदन्ती बन्यो
म अझै छु जीवन्त
तर छु हुँडारहरुबीचको सिकार जस्तो
लाखौं वर्ष
खोँचहरु काटेर
तिम्रा अहमका पहाडहरु ताछेर
म बगिरहेछु
कहीँ गर्जन गर्जन
कहीँ शान्त सुललित प्रवाह
म बगिरहेछु
मैले आफै बनाएको हुँ
मेरा किनारहरु
विशाल-विशाल फाँटहरु
हजारौं वर्ष ननिदाएर
परिश्रमको गीत गाएर
बगाउँदै हिँडेको हुँ
शालिग्राम र शिलाहरु
साधनाको उत्कर्षमा पुगेकाहरुको
पाउ धोएको पनि हो
तिनका अनन्त तिर्खा मेटेको पनि हो
म कालीगण्डकी
कालको सीमा अतिक्रमण गरेर बगेको छु
तिमी महाकालको मखुन्डो लगाएर मेरो सीमा अतिक्रमण गर्दैछौ
दुर्भाग्यलाई योभन्दा अर्को आमन्त्रण के हुन सक्छ ?
म रहनेछु
बगिरहनेछु
बलात्कृत मेरो किनारको छातीमाथि पाशविक तिम्रा पदचिह्नहरु हेर्दै
ममाथि थोपरिएका तिम्रा विकारहरु मेरो छातीमाथि झेल्दै
भन तिमीले गर्व गरेको
तिम्रो सभ्यता के म जस्तै लयबद्ध ढंगले बाँचिरहनेछ ?
***
-पोखरा




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…