
पोखरामा (याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामुहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय चाडको रुपमा उधौली पर्व मनाएका छन् ।हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पुजाआजा तथा विविध साँँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आईतबार पर्व मनाएका हुन् ।
पर्वमा पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायत जिल्ला घर भइ पाेखरामा बस्दै आएका स्थानीय समुदायको उपस्थितिमा कार्यक्रम गरिएकाे आयोजक संस्थाका अध्यक्ष धन बहादुर थेबे लिम्बुले बताए । हरेक वर्ष मनाउँदै आएको पर्वमा लिम्बु समुदायका २ सय बढिकाे उपस्थिति रहकाे उनले जानकारी दिए । ‘घर पूर्व भएपनि काम र रोजगारीको शिलशिलामा पोखरा रहेका याक्थुङहरु भेला भएर उधौली पर्व मनाउदै आएका छौ, अध्यक्ष लिम्बुले भने, ‘यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी छौ ।’
उनका अनुसार किँरातहरुले उधौली पर्व अन्नबाली छरिसकेपछि मनाउने गर्छन भने उभौली पर्व अन्नवाली लगाउने समयमा मनाउने गरिन्छ ।कास्कीमा लिम्बु समाज स्थापना गरेको ३ वर्ष भएको छ । पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाँचहरु समावेश गरिएको थियाे । ‘हामीले यो पर्वमा च्याब्रुङ नाँच नाच्छौ, उनले भने, ‘त्यसमा १९ वटा चराको नक्कल गरेर कथा अनुसार नाँच्ने प्रचलन रहेको छ ।’
त्यसैगरी लिम्बु समुदायका अग्रज मदन ईङनाम सुब्बाले हरेक वर्ष मनाउदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बुहरुलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताए । उनले यस अघि किराँत भित्र पर्ने सुनुवार तथा राई लगायतले सँगै मनाउदै आएको बताए । एकताको सुत्रमा बाँध्न र पर्व तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित उधौली पर्वको अवसरमा कार्यक्रम आयोजना हुदै आएको बताए ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…