
ओमिक्रोनको त्रासका कारण दिल्लीका शैक्षिक संस्था बन्द गरिएकाे छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेसँगै भारतको दिल्ली सरकारले शैक्षिक संस्थाहरु बन्द गराएको हाे। सरकारले यल्लो अलर्ट जारी गरेसँगै दिल्ली सरकारले मंगलबार विभिन्न शैक्षिक संस्था बन्द गराएको छ ।
ओमिक्रोनको खतरा उच्च रहेको भन्दै दिल्ली सरकारले शैक्षिक संघसंस्थाहरु पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएको भारतीय समाचारमा जनाइएकाे छ । साथै सरकारले नीजि क्षेत्रहरुमा कर्मचारीहरुको ५० प्रतिशत उपस्थितीसहित बिहान ९ देखि ५ बजेसम्म काम गर्न निर्देशन दिएको छ। सो समयभित्र सिफ्टअनुसार काम गर्न सरकारले निर्देशन दिएको भारतिय मिडियामा खबर छ।
दिल्ली सरकारले ५० प्रतिशत सिट राखेर मात्र सिनेमा र रेष्टुरेन्ट सञ्चालन गर्न निर्देशन दिएको बताइएको छ। यल्लो अलर्ट लागु भएपछि अत्यावश्यक पसलहरु बिहान १० बजेदेखि राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने बताइएको छ।



पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी,…
पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…