
विश्वमै पहिलो पटक मानव शरिरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवंशिक रुपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्ति एक अमेरिकी पुरुष हुन् । अमेरिकाको बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया दिएको चिकित्सकहरुले बताएको बीबीसीले जनाएको छ ।
यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने आशा गरिएको थियो । बेनेटको शरीरले राम्रो प्रतिक्रिया दिएपनि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अव आउने समयले स्पष्ट पार्ने छ । प्रत्यारोपण गर वा मरको अवस्था थियो, ५७ वर्षीय बेनेटले शल्यक्रियाका एक दिनअघि भनेको भन्दै बीबीसीले लेखेको छ । मलाई थाहा छ यो अँध्यारोमा हार्निएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो उनले भनेका थिए ।
युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न विशेष खालको छुट दिएको बताइएको छ । चिकिन्सा टोलीलाई यसले वर्षैको अनुसन्धानको परिणम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्ने छ । शल्यचिकित्सक बाटर््ती पी ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई अङ्ग अभाव संङ्कटको समसया समाधानकालागि महत्वपूर्ण कदमको रुपमा युतिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेन गरिएको छ ।
समाचार तस्बिर : युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टर



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…