
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति बिगारेर होइन सिँगारेर विकास गर्नु पर्नेमा जोड दिएकी छन् । पोखरा महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हामीले गर्ने विकासका कामहरूसँग प्रकृतिको सन्तुलन र संरक्षण प्रत्यक्ष रूपमा जोडिएको बताउँदै आँफूले प्रकृतिलाई बिगारेर होइन‚ सिँगारेर विकास गर्नु पर्छ भन्ने कुरा समयसमयमा भन्दै आएको स्मरण गरिन् ।
हरेक स्थानीय तहमा हरियाली बढाउने सामुदायिक वनहरू छन्, विभिन्न धार्मिक स्थल‚ ताल र पोखरीहरू रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिले हामीलाई अमूल्य वरदानको रूपमा दिएका हरेक सम्पदाको संरक्षण गर्नु तथा जैविक विविधताको रक्षा गर्नु हाम्रो पवित्र कर्तव्य रहेको बताइन् ।

पानीका मूलहरू जोगाउन‚ भू–क्षय रोक्न तथा हाम्रो आफ्नै खाद्य एवम् औषधीय उपयोगलाई भरथेग गर्न बहुउपयोगी बोटविरूवा रोप्ने कार्यलाई स्थानीय तहहरूले अभियानका रूपमा सञ्चालन गर्नु पर्नेमा राष्ट्रपतिको जोड छ ।
देशभर विकास निर्माणका काम गरिदा संरक्षणलाई बेवास्ता गरिदै आइएको छ । चितवनमा सडक किनारको ढल निर्माणको क्रममा ध्यान नदिदा विश्वकै दुर्लभ गैडाको केही महिना पहिले मृत्यु भएको थियो । यसै गरी जलविद्युत आयोजन, राजमार्ग, ग्रामिण सडक निर्माणका क्रममा पनि वन जंगल फडानी हुनुको साथै वन्यजन्तुका वासस्थान पनि मासिएका छन् । यसरी कटान गरिएका वनका रुखको विकल्पमा नयाँ ठाउँमा नयाँ विरुवा सर्ने काम पनि भएको पाइदैन् । यसरी प्रकृति संरक्षणमा चुनौती बढेर गएको छ ।
तस्बिरमा प्रदूर्षणको चपेटामा परेको फेवाताल । पानी परेपछि पोखरा बजारको फोहोर फिर्के बुलौदी खोलो हुँदै तालमा सोझिन्छ । यसैले माछापुच्छे« तैरिने फेवा प्रदूर्षणको चपेटामा परेको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …