
वातावरण, वन्यजन्तु संरक्षण काम गरिरहेका विज्ञ विच निकै बहसको विषय बनेको र सरोकारवालाले विरोध जनाउँदै आएका थिए । निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
बिहीबार न्यायधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय परमादेशमार्फत बदर गरेको हो । परमादेशमा आवश्यकता अनुसार निजगढको विकल्प खोज्न भनिएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख कटान नहुने जंगल विनाश तथा कंक्रिट बनाउनेगरी भएको निर्णय खारेजीको माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पौडेललगायतले रिट लायर गरेका थिए । सवोच्च अदालतका प्रवक्ता विमल पौडेलले निजगढ विमानस्थलसम्बन्धी सरकारका सम्पूर्ण निर्णयहरु बदर हुने आदेश भएको बताए ।
इजलासले निजगढ विमानस्थल ऐनकानुन र वातावरणीय प्रभाव मूल्यांकनको दृष्टिकोणले उपयुक्त नभएको निष्कर्ष निकालेर परमादेश जारी गरेको हो । निजगढमा रुखहरु काटेर विमानस्थल नबनाउन वातावरणसम्बन्धी संघसंस्था र सरोकारवालाले विरोध जनाउँदै आएका थिए ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…