
उदयपुरमा बोको खाँदै गरेको अवस्थामा अजिंगर भेटिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरस्थित सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा अजिंगर बाको निल्दै गरेको अवस्थामा फेला परेको हो ।
सगरमाथा सामुदायिक वन क्षेत्रमा करिब १२ किलोग्रामको बोको अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको स्थानीयहरुले बताएका छन् । स्थानीयले जंगलमा अजिंगरले बोका खाँदै गरेको देखेका थिए । अजिंगरले बोको खाएको दृश्य देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खवर गरेपछि अजिंगरलाई सुरक्षित तरिकाले बोरामा राखेर सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको छ।
२० किलो बढी तौल भएको अजिंगर वन कार्यालयको जिम्मामा रहेको डिभिजन वन कार्यालय गाईघाटमा सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए । अजिंगरलाई प्राकृतिक बासस्थानमा लगेर छोडिने सहायक वन अधिकृत साहले बताएका छन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …