
नेपालमा बाघको सङ्ख्या बढेको छ । बाघको सङ्ख्या बढेर ३५५ पुगेको छ । नेपालमा बाघको सङ्ख्या बडेसँगै संरक्षण क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नेपाल अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुँदै छ ।
विश्व बाघ दिवसको अवसरमा शुक्रबार काठमाण्डौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । जस अनुसार पछिल्लो ४ वर्षमा बाघको सङ्ख्या १२० थपिएको हो । सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले बढेर ३५५ सङ्ख्या पुगेको हो । गणना अनुसार सबैभन्दा धेरै बाघको सङ्ख्या चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा बाघ रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा रहेका छन् । यसै गरी पर्सामा ४१, शुक्लाफाँटा ३६ र बाँकेमा २५ वटा बाघ रहेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ देखि फागुन २८ सम्म बाघ गणना गरेको थियो । बाघ गणनाका लागि अत्याधुनिक प्रविधि भएको क्यामरा ट्यापिङ विधि प्रयोग गरिएको थियो । १५० वटा क्यामेराका साथै २०० जनशक्ति र आवश्यकताअनुसार हात्ती पनि प्रयोग गरिएको थियो ।बाघ बढेर दोब्बर हुँदा निकुञ्ज वरपरका मान्छेको जीवनमा भने जोखिममा पर्दै गएको छ । बेला बेलामा बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने गरेको छ । जङ्गलमा घाँस दाउरा गर्न, निहुरो टिप्न जाँदा, बाघको आक्रमणबाट स्थानीयको ज्यान जाने गरेको छ । बाघ संरक्षणको साथै मानिसको जीवन पनि सुरक्षित हुने वातावरण मिलाउनु पर्ने नागरिक समाज र संरक्षणकर्मीले बताउँदै आएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…