
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेबाट सञ्चालनमा आउने भएको छ। आइतबार बसेको नागरिक उड्ड्यन प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
‘जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। पोखरा विमानस्थल २०० हेक्टर जमिनमा बनेको छ। यसमा २।५ किलोमिटर लामो र ४५ मिटर चौडाइको एउटा धावनमार्ग छ। यसले धेरैमा वार्षिक १० लाखसम्म यात्रुलाई सेवा दिन सक्ने बताइएको छ।
विमानस्थल पुस महिना देखि संञ्चालनमा ल्याउने भनिए पनि विमानस्थल उडान र अवतरणकालागि अवरोधको रुपमा रहेको विमानस्थल नाकैको रिठ्ठेपानी डाँडा कटान अझै भएको छैन् । यसै गरी विमानस्थल नजिकैको ल्याण्डफिल्ड साइड पनि अझै अन्यत्र सारिएको छैन् ।
राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि विमान उडान र अवतरणकालागि जोखिम मानिएका अवरोध नहटाइकन सरकारले सञ्चालनको मिति सार्वजनिक गरेको हो ।सुरूमा यो विमानस्थल सन् २०२१ जुलाईमा निर्माण हुने भनिएको थियो। तर कोरोना महामारी र लकडाउनका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले बताएको छ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…