
कोभिड–१९ काे त्रास बढेपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।
कोभिड_१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार मन्त्रिपरिषदले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शहरी क्षेत्रका सबै विद्यालयमा भर्चुअल कक्षामा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
पछिल्लो समय कोरोना संक्रमण बढे पनि सरोकारवालाहरूले भने विद्यालय बन्द गर्न नहुने बताउँदै आएका थिए। मन्त्रिपरिषद्ले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ।
यसै गरि रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत भीडभाड हुने क्षेत्रहरू पनि वैशाख मसान्तसम्म बन्द गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…