
पोखरा : स्पेनको कासेरस शहरमा युरोपियन गिद्ध सम्मेलन भएको छ । सम्मेलनमा विश्वका गिद्ध विज्ञ, अनुसन्धानकर्ता र संरक्षणकर्मीको सहभागिता रहेको थियो । युरोपियन भल्चर कन्फरेन्स नाम दिइएको उक्त गिद्ध सम्मेलनमा ४५ देशका ४ सय बढीको सहभागिता रहेको बताइएको छ ।
सम्मेलनमा करिब २ सय वैज्ञानिक अध्ययनबाट प्राप्त रिपोट तथा सुझाव प्रस्तुत भएको नेपालबाट सहभागी गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए । सम्मेलनमा नेपालबाट दुईवटा प्रस्तुति राखिएको थियो । दुर्लभ सेतो गिद्धको नेपालमा अवस्थाका बारेमा सन् २०१२ देखि २०२३ सम्मको अध्ययन तथा अनुगमनको बारेमा आइयुसियन गिद्ध विज्ञ समूहका सदस्य कृष्ण भुसाल र गिद्ध संरक्षण तथा प्रजनन केन्द्रबाट प्रकृतिमा छाडिएका दुर्लभ डंगर गिद्धको सफलताको कथा आरएसपिबी, युकेका जोन मालोर्डले प्रस्तुत गरेका थिए ।

युरोपमा विस्तृत अध्ययन गरिएको सेतो गिद्धको दक्षिण एसिया र नेपालमा भने खासै अध्ययन नभएको अवस्थामा नेपालमा १२ वर्षको अनुगमनको तथ्याङ्क प्रस्तुत भएको थियो । भुसालले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपालमा सेतो गिद्ध करिब ७० प्रतिशत सङ्ख्या पोखरा उपत्यकामा पाइने उल्लेख छ । पोखराको निर्मलपोखरी, पुरानो ल्यण्डफिल्ड साइट वरिपरि बढी सङ्ख्यामा सेतो गिद्ध पाइन्छ । गिद्ध संरक्षणकालागि अत्यन्तै महत्त्वपूर्ण सम्मेलनमा नेपाल र दक्षिण एसियाबाट भने न्यून सहभागिता रहेको उनले सुनाए ।

विगत १५ वर्ष देखि नेपालमा गिद्धको अनुसन्धान र संरक्षणमा लाग्दै आएका भुसालले नेपालमा संरक्षण क्षेत्रमा काम गर्ने युवाहरूलाई यस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी गराउनु पर्ने बताए । आइयुसियन गिद्ध विज्ञ समूहका सदस्य कृष्ण भुसाल आफ्नै खर्चमा युरोपियन गिद्ध सम्मेलनमा सहभागी हुन पुगेका हुन् । नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । ती मध्ये डंगर, सानो खैरो, सुन, सेतो, हिमाली र हाडफोर गिद्धले नेपालमै गुँड बनाएर बच्चा कोरल्छन् । राज गिद्ध हिउँदे आगन्तुक गिद्ध हो । खैरो गिद्ध हिउँदे बटुवा र लामो ठुडे गिद्ध नेपालको लागि फिरन्ते प्रतिको गिद्ध हो । मरेका जनावरको सिनो खाएर गिद्धले वातावरण सफा गरी प्रदूषण हुनबाट जोगाउनुको साथै मानिसमा झाडापखाला, रेबिज, प्लेग, हैजा, आउँ जस्ता रोग फैलनबाट जोगाउँछ । यसैले गिद्धलाई प्रकृतिको कुचीकार भनिन्छ । नोभेम्बर १४ देखि १७ सम्म सम्मेलन भएको हो ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…