
कास्कीको माछापुच्छ्रेमा संरक्षण चित्रकला यात्रा
पोखरा : वरिष्ठ कलाकार दुर्गा बरालले आफूले बालककालमा देखेको सुन्दर माछापुच्छ्रे« हिमाल पछिल्लो समयमा प्रत्येक वर्ष हिउँ घट्दै जाँदा सौन्दर्य पनि घटेको भन्दै चिन्ता व्यक्त गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सोमबार कास्कीका माछापुच्छ्रे« गाउँपालिकाको टुसे गाउँमा आयोजना गरेको दुई दिने संरक्षण चित्रकला यात्रामा सहभागी हुन पुगेका कलाकार बरालले माछापुच्छ्रे« हिमाल पोखराको प्रमुख सौन्दर्य रहेको तर पछिल्लो समयमा हिमालमा हिउँ कम हुँदै गएको बताए ।
पोखराको प्रमुख आकर्षण माछापुच्छ्रे« लगायतका हिमाल कालापत्थरमा परिणत हुँदै जानु नेपालकै गौरव हिमालयहरू जोखिममा पर्ने अवस्था तिर गएको भन्दै बरालले चिन्ता व्यक्त गरे । अर्का अग्रज कलाकार गोपाल श्रेष्ठले पहिले माछापुच्छ्रे« हिमाल हेर्दै चित्र कोर्दा सौन्दर्य देखाउन बाक्लो हिउँ भएको क्षेत्रलाई पनि अलि अलि चट्टान देखाउन कालो रङ्ग पोत्ने गरेको तर अहिले माछापुच्छ्रे«मा हिउँ कम भएर कालो हुँदै गएपछि कालापत्थरमा परिणत भएको भागलाई सेतो रङ्ग भरेर चित्रमा हिउँको मात्रा थप्नु पर्ने अवस्था सृजना भएको बताए ।

संरक्षण चित्रकला यात्रा २०८० मा सहभागी सहभागी १९ कलाकारले गुरुङ गाउँ टुसेमा बसेर गाउँबाट देखिने माछापुच्छ्रे«, अन्नपूर्ण हिमालको अवलोकन मात्र गरेनन् जस्ताको तस्तै हिमालको चित्र कारे । हिमालमा हिउँ घट्दै गरेकोमा चिन्ता व्यक्त गरे । कला चित्रयात्रामा ८१ वर्षका वरिष्ठ कलाकार दुर्गा बराल देखि २१ वर्ष उमेरका युकेश नेपाली सहभागी थिए । चित्रकला यात्रामा अग्रज कलाकारहरू यादवचन्द्र भुर्तेल, गोपाल श्रेष्ठ, बुद्धि गुरुङलाई सम्मान गरिएको थियो । चित्रकला मार्फत संरक्षणमा महत्वपूर्ण योगदान दिदै आएका अग्रज कलाकारहरूलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रबिन कडरियाले सम्मान गरे ।

२०४३ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापना भएपछि यस क्षेत्रमा संरक्षणमा उपलब्धि हासिल भएको कडरियाले बताए । संरक्षण क्षेत्रमा जङ्गल दुई प्रतिशत बढेको पनि उनले सुनाए । स्थानीय समुदायमा संरक्षण गर्नु पर्छ भन्ने जागरण बढेको उनले बताए । संरक्षण र पर्यटन सँगसँगै यस क्षेत्रमा भइरहेकोले पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको उनले सुनाए । यो वर्ष नोभेम्बर महिना सम्म १ लाख ७२ हजार पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरिसकेको र यो वर्ष अहिले सम्मकै सबैभन्दा धेरै पर्यटक संरक्षण क्षेत्रमा आउने देखिएको उनले सुनाए । ९० भन्दा बढी विद्यालयमा संरक्षण शिक्षा चलेको र चित्रकला मार्फत प्रकृति, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले चित्रकला यात्रा हुँदै आएको उनले सुनाए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा संञ्चालीत प्रकृति विज्ञान सङ्ग्रहालयका प्रमुख तथा संरक्षण चित्रकला यात्राका संयोजक रमेश श्रेष्ठले प्रकृतिको महत्वलाई उजागर गरेर संरक्षणमा प्रेरित गर्ने उद्देश्यले २०४९ साल देखि सुरु भएको कला यात्रा आगामी वर्षहरूमा पनि निरन्तर अघि बढ्ने बताए ।




पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी,…
पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…