
पोखरा : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा बिहीबार मुस्ताङका कलाका बारेमा अन्तरक्रिया भएको छ । मुस्ताङका कलाकार छिरिङ फोन्जो गुरुङले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत त्यहाँका गुम्बा, चैत्य, गुफादेखि घर–सम्पदामा रहेका कलाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै कलाकार छिरिङले नेपालको हिमाली भेगका कलालाई खोज–अनुसन्धान र प्रवर्धन गर्न जरुरी रहेको उल्लेख गर्दै कलामार्फत पर्यटन विकास गर्न राज्यले ध्यान दिनुपर्ने बताए । नेपालको हिमाली क्षेत्रमा छुट्टै विशेषता बोकेका विभिन्न चाडपर्वहरूका बारेमा चर्चा गर्दै मौलिक कला संस्कृतिको जगेर्ना गर्न युवापुस्ता सक्रिय हुनुपर्ने धारणा पनि उनले राखे ।
प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामाले मुस्ताङका कलाका बारेमा अध्ययन–अनुसन्धान गरी त्यहाँको मौलिकता र परम्परालाई खोजी गर्नु नै कार्यक्रमको उद्देश्य रहेको बताए । अन्तक्र्रियात्मक रूपमा गरिएको कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी लगायतको उपस्थिती रहेको थियो ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…