
पोखरा : अन्नपूर्ण माध्यामिक विद्यालय सिक्लेसका पूर्व प्रधानध्यापक सुरज कुमार गुरुङको सम्झनामा मंगलबार स्मृति सभा गरिएको छ । २०७९ पुस १७ गते आफ्नै घरमा आगलागीमा परि मृत्यु भएका गुरुङको स्मृतिमा स्मृति सभा गरिएको हो ।
कार्यक्रममा मादी गाउँपालिका १ का संस्थापक वडा अध्यक्ष समेत रहेका अन्नपूर्ण माविका पूर्व प्रधानध्यापक गुरुङले सामाजिक क्षेत्र र शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानका विषयमा चर्चा गरिएको थियो । गुरुङ लालीगुराँस छात्रवृत्ति कोषका संस्थापक हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षतामा भएको स्मृति सभामा प्रधानध्यापक शंकर खनाल र सहायक प्रधानध्यापक गेहेन्द्र गुरुङले सुरज सरले शिक्षा र समाज विकासमा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए ।
सुरज सरको सम्झनामा सुरज कुमार गुरुङ स्मृति कोष स्थापना भएको छ । स्मृति कोषले सुरज सर बारे पुस्तक प्रकाशन गर्दै छ । यसको साथै अन्नपूर्ण माविमा शैक्षिक गुणस्तर सुधारगर्न, विज्ञान प्रयोगशालामा आवश्यक सामाग्री र जीवन उपयोगी शिक्षामा सहयोग पुर्याउने लक्ष्य लिएको डा हुम गुरुङले जानकारी दिए ।

सुरज सरको नाम र उहाँले समाजमा पुर्याउनु भएको योगदान स्मरणीय राखिराख्न सुरज कुमार गुरुङ स्मृति कोष स्थापना गरिएको हो । हाल सम्म कोषमा २३ लाख ९ हजार ४ सय ८१ रुपैयाँ जम्मा भएको विद्यालयका सहायक प्रधानध्यापक गेहेन्द्र गुरुङले जानकारी दिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सुरज सरका परिवार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीले सुरज सरको सम्झना एक मिनेट मौनधारण गर्नुको साथै उहाँको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।



पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी,…
पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…