
जङ्गली बँदेलको आक्रमणमा परेर डोटीमा एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट मंगलबार मृत्यु भएको हो ।
बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको डिजिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत तथा सूचना अधिकारी लक्ष्मी राज जोशीले बताए ।
मंगलबार बिहान घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुली र स्थानीय भगी भुल घाइते भएका थिए । भुलको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । बँदेलको आक्रमणमा परेका भुलको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
बदेलको आक्रमणबाट कसरी जोगिने ?
बदेलको आक्रमणबाट बच्न बदेल आएको समयमा नजिकै जान नहुने डिजिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत तथा सूचना अधिकारी लक्ष्मी राज जोशीले बताए । चरनकालागि गाउँ नजिकैको वन क्षेत्रबाट बस्ती तिर आउने क्रममा बदेलले आक्रमण गर्न सक्ने भएकोले सचेत रहनु पर्ने उनले सुझाए ।
दाराले हान्ने हुनाले सचेत रहन पनि स्थानीयलाई सूचना अधिकारी जोशीले अनुरोध गरे । बदेलले आक्रमणको क्रममा दाराले हान्ने भएकोले गहिरो चोट लाग्ने उनले बताए । भाले बदेलको आक्रमण बढी जोखिम हुने पनि उनले सुनाए ।
पहिले पनि बदेलले मान्छेलाई आक्रमण गरेका घटना हुने गरे पनि पहिलो पटक आक्रमणबाट स्थानीयको मृत्यु भएको पनि जोशीले बताए । बस्ती नजिकैको सामुदायिक वन क्षेत्रबाट आएको बदेलले आक्रमण गरेको हो । बदेल रातको समयमा समूहमा आउने भएकोले विशेष ध्यान दिनु पर्ने पनि उनले बताए ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …