
कृष्णमणि बराल
पोखरा : पोखरा १९ वडाले बाँदर नियन्त्रणकालागि ‘मेरो रुख म काट्छु’ अभियान सुरु भएपछि सामाजिक संञ्जालमा चर्को विरोध भएको छ । संरक्षण कमीैले पनि वडा कार्यालयको निर्णय गलत भएको बताएका छन् । बाँदरहरू मानवको नजिकको प्राणी भएकोले निकै स्मार्ट हुने भएकोले रुख कटान गरेर, बन्दुक पड्काएर तर्साएर समाधान ननिस्कने संरक्षण विद्ध डा हुमबहादुर गुरुङले बताए ।
बाँदर नियन्त्रणकालागि वनमा आहारा प्रशस्त उपलब्ध गराउने गरी बाँदरलाई मन पर्ने फलफूल, रुखहरू रोप्नु पर्ने उनले सुझाए । सामाजिक सञ्जालमा व्यापक विरोध हुनुको साथै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडा अध्यक्षलाई निर्णय र्फिता लिन भनेपछि वडा कार्यालयले ‘मेरो रुख म काट्छु’ वडावासीलाई गरेको आवह््न फिर्ता लिएको छ । पोखरा १९ का वडा अध्यक्ष पुस्पेन्द्र पाण्डेको हस्ताक्षरमा सोमबार सूचना जारी गर्दै घरवरभरका रुख १० दिनभित्र आफैँ काट्न वडावासीका नाममा सूचना जारी गरेका थिए ।
सूचनामा आफ्नो घरवरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनुको साथै आआफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन आब्हन गरिएको थियो । बाँदर नियन्त्रणकालागि रुख काट्ने अभियान सहितको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त सूचनाको चौतर्फी विरोध भएको थियो । विरोध सँगै पोखरा महानगरपालिकाले वडा कार्यालयलाई पत्राचार गदै उक्त सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न अनुरोध गरेपछि वडा अध्यक्ष आफ्नो निर्णयबाट पछि हटेका हुन् । वडा कार्यालयले मङ्गलवार नै अर्को सूचना जारी गरी महानगरपालिकाको कार्यालयबाट प्राप्त निर्देशन अनुसार सूचना रद्द भएको वडावासीलाई जानकारी गराएका छन् ।
वडा अध्यक्ष पाण्डेले सहर बजारमा बस्ने नागरिकलाई यो समस्या थाहा हुन नसक्ने भन्दै गाउँको भिर पाखाका बस्तीहरूमा बाँदरले किसानका बाली खाएकोले यो निर्णय गरिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन् । वन खानी कुरा नभएकोले बाँदर गाउँ पसेर स्थानीयको घरमै पसेर अन्न लग्ने र किसानका परिवारलाई चिर्थेन, कोपर्ने गरेपछि यो निर्णय गरिएको बताएका छन् । बस्ती नजिककै लालपुर्जा भित्रका जमिनका ठुला रुख कटान गरेर साना नयाँ रुख रोप्ने र वन क्षेत्रमा बाँदरले मन पराउने फलफूल पनि रोप्ने योजना वडा कार्यालयको रहेको तर वडाको योजना बुझ्दै नबुझी सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट आएको उनले सुनाए ।
स्थानीय समस्या भएकोले स्थानीय किसानको भेला बसेर किसानको माग अनुसार निर्णय गरिएको पनि उनले बताए । स्थानीयको समस्या भएकोले महानगर स्तरीय निर्णय नभएर स्थानीयको निर्णयमा सूचना जारी गरिएको पनि उनले सुनाए । वास्तविक किसानको पिडा मेयर सलबलाई थाहा होला तर किसानको पिडा बुझेर वडाले निर्णय गरेको पनि उनले बताए । महानगरपालिकाले भनेपछि वडाले महानगरपालिकाको निर्देशन मान्ने उनले बताए । अभियानको रुपमा रुख नकाट्ने तर अति आवश्यक ठाउँमा हिजो सूचना नहुँदा पनि काटिरहेको उनले बताए ।
अन्य जिल्लामा बाँदरले बाली खाएपछि बस्ती वरपरका ठुलो रुख काटिएको उनले सुनाए । सूचना प्रकाशित गर्दा मात्र प्रचारबाजीमा गलत भयोकी भन्ने भए पनि उद्देश्य गलत नभएको र जनताको पक्षमा रहेको वडा अध्यक्ष पाण्डेले बताए । प्रतिनिधि मुलक रुपमा गाउँका सय जनाको भेला बसेर बाँदर आँतकले घरमै बस्न नसक्ने अवस्था भएको किसानले बताएपछि निर्णय गरिएको उनले सुनाए । वडा नम्बर १९ मा जङ्गल नघटेको बरु बढेको पनि उनले बनाए ।
स्थानीय किसान जानवी आचार्यले लामाचौर बगैँचा क्षेत्रमा बारीमा लगाएको बाली खान आउने र घर भित्रैको अन्न समेत खान बाँदर भित्र पस्ने हुँदा बच्चा जोगाउन पनि गार्हो भएको सुनाइन् । बाँदरले बच्चालाई कोपरेर घाइते बनाउँछ कि भन्ने चिन्ता बढेको उनले सुनाइन् । लसुन, गाजर र धान हुने समयमा धान समेत बाँदरले खाने गरेको उनले सुनाइन् । आलु, प्याज बाँदरले राख्दै नराख्ने उनले बताइन् । बाँदर नियन्त्रण गर्ने वैज्ञानिक उपायको खोजी गरी अन्नबाली खान पाउने पाउने अवस्था सरकरले सृजना गर्नु पर्ने उनले बताइन् । रुख काट्नु भन्दा पनि बाँदर तर्साउने कुनै प्रविधि वडाले गर्नु पर्ने उनले सुझाइन् । अन्न जोगाउन हेरालो समेत राख्ने गरेको उनले सुनाइन् ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…