
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो ।
कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए । बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे ।
संस्थाका सदस्य एवं पृथ्वीनारायण क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक कल्याण पन्तले पोखरा र आसपासको क्षेत्रमा पाइने बोटबिरुवा र जीवजन्तु र यसको पर्यावरणबारे चर्चा गरेका थिए । संस्थाका अध्यक्ष ठाकुरप्रसाद बरालले विद्यार्थीबाट नै यस्ता चेतनामूलक कार्यक्रम गर्दा वातावरण संरक्षण र दिगो पर्यावरणमा टेवा पुग्ने विचार राखे । पछिल्लो चरणमा विद्यार्थीमा यस्ता कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै उनले आगामी दिनमा समेत सम्पदा संरक्षण वातावरण संरक्षण र मानव अधिकारका कार्यक्रम विद्यालयहरुमा गर्दै जाने सुनाए ।
विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले सामाजिक संघ, संस्थाले विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गर्दा विद्यार्थी पाठ्यक्रमभन्दा बाहिरका जीवनोपयोगी कुरा सिक्न पाउने विचार राखे । कार्यक्रममा संस्थाका महासचिव दिलीप दोषी, सचिव विन्देश्वरी बराल लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष इन्जिनियर विष्णुप्रसाद पौडेलले ध्यान र मेडिटेसन परिचय र प्रयोगबारे प्रशिक्षण दिए ।
वातावरण दिवसकै सन्दर्भ पारेर गत शनिबार सम्पदाले पर्यावरण अवलोकन भ्रमणसमेत गरेको थियो । मेथलाङ फेदीमा रहेको जंगलका बोटबिरुवा र पोखरा पन्छी समाजसँगको सहकार्यमा चरा अवलोकन र चराको पर्यावरणमा महŒवबारे कार्यक्रम गरिएको थियो । पोखरा पछी समाजका कोषाध्यक्ष हिरा मल्लले यस क्षेत्रमा पाइने चराबारे जानकारी गराएकी थिइन् भने ३० प्रजातिका चरा १ घण्टाको अवधिमा अभिलेख गरिएको थियो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…