
पोखरा : गाउँमा हाेमस्टेमा रमाउन जाने पर्यटकले गाउँको जनजीवन, रहनसहन, प्रकृति, संस्कृति अध्ययन गर्न सहजताकालागि स्थानीयलाई गाइड तालिम दिइएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा तालिम दिइएकाे हाे ।
गाउँमा घुम्न जाने स्वदेशी र विदेशी पर्यटकले अब गाइडबाट गाउँको प्रकृति, संस्कृति, रहनसहनका बारेमा जानकारी पाउने अायाेजक भिटाेडफ गण्डकी अध्यक्ष शाेभा अधिकारी सापकाेटाले जानकारी दिइन् । जीविकोपार्जन पुनरुत्थानका लागि दियो पर्यटन परियोजनाको सहयोगमा भएको तालिममा गण्डकी प्रदेशका विभिन्न गाउँका ३१ जना सहभागी भएको भिटोफ नेपाल गण्डकी प्रदेश अध्यक्ष अधिकारी सापकोटाले बताइन् ।

गाउँले गाइड तालिममा डा रामजी शर्मा, टीकाराम सापकोटा, दीपेन्द्र पहारी लगायतले विभिन्न विषयमा तालीम दिएका थिए । गाउँका बारेमा जानकारी दिन सक्ने दक्ष जनशक्ति तयार हुँदा पर्यटकले गाउँको बारेमा यर्थाथ जानकारी पाउने पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष कृष्ण भण्डारीले बताए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले तालीम लिएका गाउँले गाइडले पर्यटकलाई गाउँको इतिहास, संस्कृति, भाषा, रहनसहन बुझाउन सक्ने भएकोले पर्यटकले गाउँ चिन्ने र बसाइँ लम्बिने विश्वास गरे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…