
पोखरा : गण्डकी प्रदेशमा सीप परीक्षणका नयाँ क्षेत्र पहिचानकालागि विभिन्न उद्योग, फर्ममा आइतबार देखि स्वयंसेवक खटिएका छन् । प्रदेशका विभिन्न उद्योग, कलकारखानामा कति जनशक्ति अध्ययन गरेर सीप सिकेर वा तालीम लिएर काम गरिरहेका छन् र कति अनुभवका आधारमा मात्र काम गरिरहेका जनशक्ति छन् भन्ने तथ्याङ्क राख्न स्वयंसेवक खटिएका हुन् ।
गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले तथ्याङ्क राख्न लागेको हो । यसरी तथ्याङ्क सङ्कलन गरेपछि बिना अध्ययन र तालिम नलिई कन अनुभवका आधारमा काम गरिरहेका जनशक्तिको सीप परीक्षण गरेर त्यसै अनुसार तालिम र प्रमाण पत्र प्रदान गर्ने उद्देश्यले सीप परीक्षणका नयाँ क्षेत्र पहिचान गर्न लागिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सदस्य सचिव तोयनाथ लम्सालले बताए । गण्डकी प्रदेशमा सीप परीक्षणका नयाँ क्षेत्र पहिचानकालागि २५ जना स्वयंसेवक खटिएका छन् ।
यसरी टिएका स्वयंसेवकहरुले असार १२ गते भित्र तथ्याङ्क सङ्कलन गरेर बुझाउनु पर्ने छ । यही तथ्याङ्कका आधारमा प्रदेशले सीप परीक्षणका नयाँ क्षेत्र पहिचान गर्ने सदस्य सचिव लम्सालले बताए ।दक्ष जनशक्ति हुँदा हुँदै पनि अनुभव र तालिम बिना नै काम गरिरहेकाले सस्तोमा काम गर्दा दक्ष जनशक्ति रोजगारबाट विमुख हुन परेको र कामको रिजल्ट पनि राम्रो नआउने भएकोले सरकारले सीप परीक्षणका नयाँ क्षेत्र पहिचानकालागि यो कार्यक्रम ल्याएको सीप परीक्षणका नयाँ क्षेत्र पहिचान समितिका संयोजक सोमनाथ सापकोटाले बताए ।
सरकारले राख्ने तथ्याङ्कमा तलमाथि हुनुहुँदैन यसैले स्वयंसेवकहरुले फिल्डमै गएर यथार्थ तथ्याङ्क ल्याउन पनि उनले अनुरोध गरे । यसरी आएको तथ्याङ्कका आधारमा सरकारले जुनसुकै पद्धतिबाट हासिल गरेको सीपलाई परीक्षण गरी दक्षता परीक्षण गरी दक्षता अनुसारको तहगत प्रमाणपत्र प्राप्त गर्नु रहेको बताइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न प्रकारका औपचारिक रुपमा लामो अवधिको तथा अनौपचारिक अनौपचारिक र अन्य तरिकाबाट हासिल गरेका सीपको राष्ट्रिय मापदण्ड अनुसार राष्ट्रिय सीप परीक्षण समिति बाट परीक्षण गरी सीपको तहगत प्रमाणीकरण गर्ने र प्रमाण पत्र उपलब्ध गराउने गर्दछ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…