
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले अनुमति नदिँदै संरक्षण क्षेत्रबाट निगालोकाे टुसा संकलन भएकाे भन्दै त्यसाे नगर्न सूचना जारी गरेकाे छ ।
संरक्षण क्षेत्रमा निगालोकाे टुसा र बाँसको तामा संकलन तथा ओसारपसार गर्ने अनुमति श्रावण ५ गते पछि मात्र हुने भएकोले टुसाको संकलन तथा ओसारपसार गरेको खण्डमा संकलनकर्ता तथा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही हुने आयोजनाले जनाएको छ ।
संरक्षण क्षेत्रमा यसरी अनुमति बिना संकलन गर्दा कारबाही हुने कानुनी व्यवस्था भएकोले यस सम्बन्धी कार्य नगर्न नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिएको आयोजनाले जनाएको छ ।
तोकिएको समयमा मात्र वातावरण मैत्री टुसा संकलन गरी निगालो बाँसको दिगो व्यवस्थापन तथा संरक्षण गर्न सहयोगी बनौं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जारी गरेको सूचनामा भनिएको छ ।
संरक्षण क्षेत्रमा पाइने टुसा त्यस क्षेत्रका भालु, पान्डा लगायत वन्यजन्तुका आहारा हुन् । ठूलो संख्यामा टुसा संकलन हुँदा वन्यजन्तुको आहारा खोसिने भएकोले आयोजनाले निश्चित समयकालागि मात्र टुसा संकलनकालागि अनुमति दिने गर्दै आएको छ ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…