
बाढी पहिरोको कारण स्याङ्जा जिल्लामा एक सातामा १० जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कमजोर भू बनोट भएका पहाडी क्षेत्रका बस्तीमा वर्षेनी मनसुनजन्य विपद्का घटना घट्दै आएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा जिल्ला उच्च जोखिममा रहेको अधिकारीहरुले बताएका छन् ।
अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष स्याङ्जामा अत्याधिक वर्षा भएको छ । वर्षा सुरु भएसँगै जिल्लामा मानवीय एवं भौतिक क्षतिका घट्ना वृद्धि भएका छन् । बाढी र पहिरोमा परेर ज्यान जानेमा बिरुवा गाउँपालिकामा ३ जना, फेदीखोला गाउँपालिका २, आँधीखोला गाउँपालिकाका २, पुतलीबजार नगरपालिकामा १ जना र भीरकोट नगरपालिकामा दुई जना रहेका छन् । पहिरोमा परेर बिरवा गाउँपालिकाका ५ जना र आँधीखोला गाउँपालिकाका २ जना घाइते भएका छन् । भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला गाउँपालिकाका बस्ती ने जोखिममा रहेको अधिकारीले बताएका छन् । गाउँका धेरै घरहरु बाढी पहिरोको चपेटामा परेका छन् ।
विपद व्यवास्थापन समितिको बैठकमा सहभागीहरुले विपदबाट धनजनमा पुगेको क्षतिका बारेमा जानकारी गराएका थिए । स्याङ्जा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पोडेलले मानवीय क्षतिको साथै ६ वटा घर पूर्ण रुपमा नष्ट भएको र ५ वटा घर जोखिममा रहेको जानकारी गराएका छन् । उनले विपद्को यो बेलामा सबै मिलेर उद्धारमा जुट्न अनुरोध गरे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…