
वर्षा मौसम सुरु संगै अविरल वर्षाको कारण देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि बिहीबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर ३३ जना पुरुष, २५ जना महिला र २५ जना बालबालिकाको मृत्यु भएको छ ।
यस्तै गरी बाढी हिरोमा परेर १ सय ६ जना घाइते भएका छन् । हालसम्म २ पुरुष र ३ महिलासहित पाँच जना बेपत्ता भएकोे केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए । घाइते हुनेमा ५१ जना पुरुष, ३६ जना महिला र १९ जना बालबालिका रहेको बताइएको छ । बाढी पहिरोका कारण ३ सय ८४ पशु चौपायाको क्षति भएको छ ।
एक सय ३९ भर र ५४ गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । वर्षा र पहिरोका कारण ८ सय ५८ परिवार विस्थापित भएका छन् । बाढी हिरोमा परेकाको उद्धारकालागि हालसम्म ५ हजार ४ सय २८ प्रहरी परिचालन गरिएको छ । बाढी पहिराेको कारण देशभरमा ४१ पुल बगाएको छ भने एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …