
बँदेल मार्न थापेको विद्युतीय धरापमा परी एउटा गैँडा मरेको छ । चितवनमा विद्युतीय धरापमा परेर गैँडा मरेपछि विद्युतीय धराप थापेको आरोपमा ४ जना पक्राउ परेको छन् । स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युतीय पासोमा परेर १३ वर्षको पोथी गैँडा मरेको हो । विद्युतीय धरापमा परेर गैँडा मरेपछि त्यस कार्यमा सलग्न भएकाे आरोपमा भरतपुर महानगरपालिका २६ का स्थानीयलाई पक्राउ गर्रिएको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन् ।
सुरुमा गैँडा प्राकृतिक कारणले् मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा धरापमा पारी मारिएको खुलेपछि अनुसन्धानालागि चार जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताएका छन् । पासोमा परेर मरेको गैँडाको खाग, खुर, सुरक्षित भए पनि वन्यजन्तुलाई घाइने बनाउने, घेरा हाल्ने, लखेट्ने, मार्ने जस्ता गतिविधि चोरी सिकार अन्तर्गत पर्ने पनि उनले बताए ।
पक्राउ परेको चारै जनालाई चितवन जिल्ला अदालतबाट ६ दिनको समय थप गरी अनुसन्धान भयरहेको जनाइएको छ । वन्यजन्तु चोरी सिकार ऐन अनुसार यस्तो कार्यमा संलग्नलाई ५ लाख देखि १० लाख सम्म जरिवना र ५ वर्ष देखि १५ वर्ष सम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
तस्बिर : गैँडाको प्रतिनिधि मुलक फाइल तस्बिरकाे रुपमा राखिएको हो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…