
कञ्चनपुर दोधारा चाँदनी नगरपालिका२ की २३ वर्षीया हिरा शाहको बिहीबार बाघको आक्रमणबाट मृत्यु भएकाे छ । दोधारा कलाशा टोलमा उखु बारीमा घाँस काट्दै गर्दा बाघले आक्रमण गर्दा घट्ना स्थलमै शाहको मृत्यु भएको थियो ।
बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि शुक्लाफाँट राष्ट्रिय निकुञ्जले शाहलाइृ आक्रमण गर्ने बाघ नियन्त्रणमा लिने योजना बनायो । बाघ नियन्त्रण त गर्ने तर बाघ कहाँ छ भन्ने पत्ता लगाउन के गर्ने भन्ने विषयमा निर्णय लिने क्रममा ड्रोनको प्रयोग गर्ने निर्णयमा निकुञ्ज पुग्याे । यसरी बाघ नियन्त्रणमा प्रविधि प्रयोग गरेर निकुञ्ज प्रशासनले पहिला महिलालाई आक्रमण गर्ने बाघ कहाँ छ भन्ने पत्ता लगायाे । त्यसपछि २४ घण्टा भित्र महिलालाई आक्रमण गरेर मार्ने बाघ नियन्त्रणमा दिन निकुञ्ज सफल भएको हाे ।
यसरी सर्च अभियान नै चलाएर निकुञ्जले स्थानीय जनशक्ति र उपकरण प्रयोग गरी छोटो समयमा एक महिलालाई आक्रमण गर्ने बाघलाई डार्ट गरेर नियन्त्रणमा दिन सफल भएको शुक्लाफाँट राष्ट्रिय निकुञ्चका संरक्षण अधिकृत मनाेज ऐरले बताएका छन् । ड्रोनको प्रयोग गरि बाघ भएको स्थान पत्तालगाई डार्ट गरी बाघ नियन्त्रणमा लिएको हाे ।

नियन्त्रणमा लिएको बाघलाई शुक्रबार बर्दियाको रम्भापुर सेक्टरमा राखिएको शुक्लाफाँट राष्ट्रिय निकुञ्चले जनाएकाे छ । यो स्थल मान्छेलाई आक्रमण गरेका बाघलाई नियन्त्रणमा लिएर राख्ने स्थल हो । बाघलाई छोटो समयमै नियन्त्रणमा लिएपछि बाघको आक्रमणबाट हुन सक्ने थप क्षति हुनबाट जोगिएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…