
दोधारा चाँदनी नगरपालिकामा बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको हप्ता दिन नपुग्दै नारायणगढस्थित मानवबस्ती नजिकै नारायणी नदी किनारमा अर्को मान्छेलाई बाघले आक्रमण गरेको छ । चाँदनी नगरपालिका २ की हीरादेवी शाह उखुबारीमा घाँस काट्दै गर्दा बहिबार बाघले आक्रमण गरेको थियो । उद्धार गर्न गएको टोलीले उनलाई उखुबारीभित्र मृत अवस्थामा फेला पारेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले शाहलाई आक्रमण गर्ने बाघलाई ड्रोनको प्रयोग गरी बाघ भएको स्थान पहिचान गरि डार्ट गरेर नियन्त्रण लिएको थियो ।
दोधारा चाँदनी नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हप्ता दिन नपुग्दै चितवनको नाराणी किनारमा आइतबार बिहान ५ः२० बजे तिर भरतपुर १ नारायणी किनारमा श्रेष्ठलाई बाघले आक्रमण गरेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताएका छन् ।
आइतबार बिहानै देखि मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिन ड्रोनबाट खोजी भइरहेको छ । बाघ खोज्न हात्तीको पनि प्रयोग गरिएको छ । बाघ नारायणी नदीको किनारमा रहेको झाडीमा लुकेको आशंका गरिएको छ । यसरी बाघले मान्छेलाईआक्रमण गर्ने क्रम बढेकाे छ । यसरी आक्रमण गर्ने बाघमा दोधारा चाँदनी नगरपालिकामा महिलालाई आक्रमण गर्ने बाघ बुढो भएर सिकार गर्न नसक्ने अवस्थाको भएको बताइएको छ । यता नारायणी नदी किनारमा बिहान हिँड्दै गरेका भरतपुर महानगरपालिका २ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गर्ने बाघकाे पाइला हेर्दा माउबाट भर्खरै छुनेर सिकार गर्न सुरु गरेको बाघ हुन सक्ने पशु चिकित्सकले बताएका छन् । राष्ट्रिय निकुञ्ज वरपरका बस्ती बाघको आक्रमणको जोखिममा पढ्दै गएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…