
पोखरा : स्याङ्जा वालिङ नगरपालिका १४ मान्खुका २३ वर्षीय हरिप्रसाद अर्याल रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा परे ।
मंसिर २२ (८ डिसेम्बर २०२३) सम्म परिवारको सम्पर्कका रहेका हरिप्रसाद त्यसपछि सम्पर्कमा नआएपछि उनको अवस्थाको बारेमा खोजी भयो । खोजीको क्रममा रुसमै रहेका भाइका साथीहरुसँग सम्पर्क गर्दा युक्रेनविरुद्धको लडाइँमा मृत्यु भएको खवर आएको उनका माइला दाजु राजुले बताए ।
वालीङ बजारदेखि आधा घण्टाको गाडी यात्रामा पुगिने स्याङजाको मान्खु गाउँमा रुद्रप्रसादको दुई हलको खेत र पाखो बारी छ । खेती गरेपनि बादरले खाने भएपछि उनको परिवारनै वालीङ झरेर भाडामा बस्दै आएका छ्न्। जेठो दाजुको परिवार संग बस्दै आएका वृद्ध बुबा आमालाई राम्रो घर बनाएर आफ्नै घरमा सार्ने र बिहे पनि गर्ने हरिप्रसादको धोको थियो । नियतीले पुरा हुन दिएन । छोरोका मृत्युको खवरपछि शव नेपाल आउने नदेखिएपछि परिवारको सरसल्लाहामा कुशको शव बनाएर हरिप्रसादको क्रियाकर्म गरे ।
कुशको शव बनाएर दाहसंकार गरेको ५ महिनापछि रुस सरकारले अस्तु गत बिहीबार बल्ला आयो । दहासंस्कार गरिसकेपछि कास्कीका देवान राई, स्याङ्जाका प्रीतम कार्की, हरिप्रसाद अर्याल र गणेश श्रेष्ठ अनि महोत्तरीका अनितकुमार साहको अस्तु आएको थियो । बिहीबार नै परिवारले अस्तु विसर्जन गरेको परिवारले जनाएका छन् ।
देवेनका बुवा धनराज राईले दाहसंस्कार गरिसकेपछि परिवार संग बुझदना अस्तु बुझेर घर नल्याउनु अनि नदी तिर गंगा तिर लगेर सेलाएर आउँदा हुन्छ भनेर सल्लाहा दिएकोले त्यसै अनुसार गरेको सुनाए । परिवारमा अझै पनि उस्तै तनाव रहेको उनले बताए । स्याङ्जाका हरिप्रसाद अर्यालको परिवारको अवस्था पनि उस्तै छ ।
देशमै रोजगारको अवसर नहुँदा नेपाली युवा रोजगारको खोजीमा जोखिम मानिएका देश पनि पुग्न बाध्य छन् । द्धोन्दर देशमा पुग्नु नै यो अवस्था आउनु हो । तर राज्यले देशमै उद्योग खोल्ने, उत्पादनमा जोड दिन नसक्दा रोजगारका अवसर सृजना हुन सकेको छैन । यसैको परिणाम स्वरुप युवा विदेशीनु र ज्यान गुमाउनु जस्ता पिढा दैनिक नेपाली अभिभावकले भोग्दै आएका छन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…