
विश्वमा संक्रमण रोगहरु कुनै न कुनै फैलने र जोखिम सधै हुने गर्दछ । सन् २०१९ को अन्तिमतरिबाट फैलिएको कोभिडले विश्वकै अर्थतन्त्रमा नै प्रभाव पर्ने गरी मान्छेको दैनिकी नै ं ठप्प भयो । तीन वर्ष निकै तनाव बनाएको कोभिड त्रास सामान्य अवस्थामा आउन करिव तीन वर्ष कुर्नु पर्यो ।
अहिले मंकीपक्सले चिन्ता बढाएको छ । अफ्रिकी महादीपमा मंकीपक्सको संङ्क्रमण तीब्र गतिमा बढिरहेकोले चिन्ता बढाएको हो । यस वर्ष मात्रै अफ्रिकामा १४ हजार भन्दा बढीमा संक्रमित मध्ये ५ सय जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसरी जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई बुधबार विश्व स्वास्थ्य आपतकाल घोषण गरेको छ । विश्वभर फैलन सक्ने भन्लै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरुले अनुरोध गरेका छन् ।
आपतकाल घोषण भएसंगै नेपाल सरकारले पनि गम्भीर ध्यानाकर्षण भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक यदुचन्द्र घिमिरेले बताएका छन् । मंकीपक्स जुनसुकै बेला जहाँ पनि फैलन सक्ने भएकोले सर्तकता अपनाउन अनुरोध गर्रिएको हो । नेपालमा मंकीपक्स भित्रन नदिन पहल गर्नु पर्छ । मंकीपक्स भाइरसबाट एक व्यक्तिबाट अर्को व्यक्ति, जनावरबाट जनावर, जनावरबाट मानिस, मानिसबाट जनावरमा पनि सर्ने रोग भएकोले सर्ने जोखिम बढी हुने गर्दछ । यो भाइरसबाट छालामा घाउ बनाउँदै आँखा, नाक र मुखबाट शरीरमा प्रवेश गर्न सक्ने स्वस्थ्य विज्ञ बताउँछन् ।
संक्रमित जनावरको शरीरबाट निस्कने तरलपदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषगरी अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्ने बताइन्छ । मुसा, बाँलदर जस्ता जनावरहरुमा यो भाइरस बस्ने गर्दछ । यी जनावरको सम्पर्कमा आउँदा यो रोग सर्न सक्दछ । श्वासप्रश्वास, संक्रमित छालाको सम्पर्कले मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ । त्यसैगरी गर्भवती आमादेखि बच्चामा पनि सर्न सक्ने चिकित्सक बताउँछन् ।



पोखरा : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा प्रकृति प्रकोपका घटना बढ्न थालेको विषयमा पोखरामा सम्पन्न भएको अन्नपूर्ण जलवायु सम्मेलनले…
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…