
मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो गएपछि ९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । धौलागिरी हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको हो । शुक्रबार दिउँसो गएको हिमपहिरोको कारण थासाङ गाउँपालिका २ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले बताए । स्थानीयलाई सुरक्षा सतकर्ता अपनाउन पनि भनिएको उनले बताए ।
हिमपहिरोले थुनिएको बोक्सीखोलामा अहिले पानी बग्न थालेको छ । यस अघि थुनिएको खोलामा पानी बग्न थालेकोले थुनिएर एक्कासी ठूलो बाढी आउने जोखिम नहुने विस्वास गरिएको छ । बोक्सीखोलाको पानी कालीगण्डकीमा पुगेर मिसिन्छ । २०७८ सालमा कात्तिक २८ गते पनि कोवाङ क्षेत्रमा हिमपहिरो गएको थियो ।
तस्बिर : सशस्त्र प्रहरी



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…