
आगोलागीबाट १६ वटा बाख्रा, ७ वटा गाई, बंगुर जलेर मृत्यु
रोल्पा : जंगलको डढेलो बस्तीमा फैलदा रोल्पामा ४१ घर र गोठ नष्ट भएका छन् । बस्तीमा पसेको आगोलागीबाट त्रिवेणी गाउँपालिका २ पिराले गाउँका घर गोठ जलेर नष्ट भएको हो । जस्तापाताको छानो भएका केही घरबाहेक गाउँका सबै घरगोठ सखाप भएको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
बस्ती नै जलेपछि स्थानीय ३५ घरपरिवार खुला आकाशमुनि बसेका छन् । डढेलोबाट स्थानीयले ज्यान जोगाउन सफल भए पनि घरभित्रको अन्नपात, लत्ताकपडा, धनसम्पती बचाउन नसकेको बताइएको छ । सोमबार दिउँसो चेत्रे डाँडामा लागेको आगो नियन्त्रणका प्रयास हुँदाहुँदै विपरीततर्फको अर्को डाँडामा लागेको आगो मंगलबार बेलुका बस्ती पसेको थियो । आगोलागीबाट १६ वटा बाख्रा, ७ वटा गाई, एउटा बंगुर जलेर मृत्यु भएको राेल्पा प्रहरीले बताएकाे छ ।
तस्बिर सौजन्य : पहलमान घर्ती



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …