
पोखरा १६ रिन्जे नासामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेशले घरबास प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा भिटोफ गण्डकीले घरबास प्रवर्द्धन कार्यक्रम गरेको हो ।
हिमाल, पहाड र तराई मिलेर बनेको सुन्दर नेपालमा तराई देखि हिमाल सम्म पर्यटककालागि घरबास सेवा सुरु भएका छन् । घरबास सेवा सबैभन्दा धेरै पहाडमा बढी सञ्चालनमा छन् । गाउँको उत्पादन, वातावरण र प्रकृतिसँग रमाउन चाहानेकालागि घरबास सेवा उत्कृष्ट गन्तव्य बनिरहेको छ । गाउँ पर्यटन प्रवद्धनकालागि घरबास (होमस्टे) सञ्चालनमा आएको भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
नेपाली परम्परागत खानाका परिकार, कला, संस्कृति र प्रकृतिमा रमाउने पर्यटकले घरबास सेवा निकै रुचाएको पनि उनले सुनाए । कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका सहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रञ्जन कार्की, पश्चिमाञ्चल होटल संघ उपाध्यक्ष गणेशराज पहारी, नाटा गण्डककी अध्यक्ष किशोर दाहाल, एनटिभिएका संस्थापक बोबरजंग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, रिन्जे नाँसा होमस्टेका अध्यक्ष समशेर गुरुङ लगायतले गाउँको पर्यटन घरबास कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका थिए ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेश अध्यक्ष शोभा सापकोटाले गाउँको पर्यटन प्रवद्धनकालागि भिटोफले स्थापना काल देखि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको र गाउँ पर्यटन प्रवर्द्धन कार्यक्रमलाई अझै प्रभावकारी रुपमा अघि बढाइने बताइन् । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी, पोखरा महानगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन कार्यक्रममा भएको हो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…