
धौलागिरी हिमालको आरोहणमा गएका पाँच जना रसियन आरोहीको मृत्यु भएको छ । ८ हजार मिटर उचाइमा पुगेका आरोही आइतबार राति ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको पर्यटन विभागले जनाएको छ ।
आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको जनाइएको छ । आफूहरु फर्कने निर्णयमा पुगेका जानकारी उनिहरुले आप्नो साथीहरुलाई आधार शिविरमा गराएको बताइएको छ । रातको ११ बजेपछि उनिहरुसँगको सम्पर्क टुटेको थियो । आइतबार रातमा सम्पर्क टुटुका उनिहरुको सोमबार दिनभर खोजी अभियानपछि मंगलबार बिहान मात्र उनीहरुलाई प्राणविहिन अवस्थामा फेला पारिएको थियो । उनहिरु रसियकाका चर्चित र अनुभवी आरोही रहेको बताइएको छ ।
यस वर्ष कुल १४ जना आरोही धवलागिरी हिमाल आरोहणका लागि गएका थिए । दुई दुई समूहमा ७÷७ जना आरोहणमा लागेका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनी परित्याग गरेको जानकारी विभागले गराएको थियो । बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरी आधारशिविरमा फर्किएका थिए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…