पूर्व रानी कोमलको प्लाज्मा थेरापीबाट उपचार


     नेचर न्युज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित


काठमाडौँ – कोरोना संक्रमण भई उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ। उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलमा यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो।

पूर्व रानी शाहलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो। आज पनि उनलाई हिजोको जस्तै हाईफ्लो अक्सिजनको सपोर्टमा राखिएको छ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको अस्प्तालले बताएको छ। पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन। उनीहरु तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए। त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।