
रसुवाको नेपाल चीन नाका क्षेत्रमा मंगलबार बिहान आएको भोटेकाशीको बाढीले ठूलो धनजनको क्षति पु¥याएको छ । रातको समयमा आएको बाढीले अकल्पनीय क्षति पु¥याएको हो । हालसम्म ७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । २० जना अझै सम्पर्कविहीन रहेको पनि प्रहरीले जनाएको छ ।
हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेको जनाइएको छ । अहिले सम्म ५५ जनाका सकुशल उद्धार गरिएको पनि जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रसुवा क्षेत्रमा भारी वर्षा हुने मौसमी प्रणाली थिएन । वर्षा हुने मौसमी प्रणाली नभए पनि मंगलबार बिहान चीनको तिब्बत क्षेत्रबाट बग्ने भोटेकोशी नदीमा लेदोसहितको बाढी आएका थियो । लेदोले पुल, सडक, जलविद्युत आयोजना र सुख्खा बन्दरगाहमा क्षति पुगेको छ ।
लेदो बस्तीमा भने पसेको थिएन । बाढीले मिनेरी पुल बगाउँदा नेपाल र चीनको सडक सम्पर्कविच्छेद भएको जिल्ला प्रशासा कार्यलय रसुवाले जनाएको छ । बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालबाहक कन्टेनर र विद्युतीय गाडीहरु समेत बगाएको छ । बाढीको कारण स्याफ्रबेसी रसुवागढी सडकखण्डमा पनि क्षति पुगेर आवगमन अवरुद्ध भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका् टोली उद्धार तथा राहत वितरणमा सक्रिय रहेका छन् ।
चीनले दिएको थियो सूचना
जिल्ला प्रशासन कार्यालय रसुवाले असार १० मा सूचना जारी गर्दै बाढीको जोखिम भएको तटीय क्षेत्रमा पूर्वतयारी अपनाउन भनेको थियो । चीनले बाढीको जोखिम रहेको सूचना दिएपछि आवश्यक पूर्वचयारी र सावधानी अपनाउन भनिएको थियो ।
मनसुन सक्रिय भएको र चीनले समेत सावधानी अपनाउनु पूर्व सूचना दिएकोले भोटेकोशी नदी, त्रिशूली नदी, चिलिमे खोला लगायतका नदी र खोला आसपासका क्षेत्रमा बाढी पहिरो जन्य विपद्को जोखिम रहेकोले सतर्कता अपनाउन सहासयक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले सूचना जारी गरेका थिए । पूर्वसूचनाका बाबजुद तयारी नपुग्दा रसुवामा ठूलो क्षति पुगेको छ । यस वर्ष मनसुनमा धेरै पानी पर्छ भन्ेन जानकारी पहिले नै मौसम विज्ञान विभागले दिएको थियो । पूर्व सूचना हुँदा पनि हाइहलत भएर सम्भावित जोखिम क्षेत्रमा सुरक्षाका उपाय नअपनाउदा क्षति पुगेको हो ।
यस अघि असार पहिलो साता चीनले सिन्धुपाल्चोक प्रशासनलाई बाढीको जोखिमको सूचना दिएको थियो । यही सूचनाको आधारमा सिन्धुपाल्चोक र उसको छिमेकी काभ्रे जिल्ला प्रशासनले छुट्टाछुट्टै सूचना जारी गरी जिल्लावासीलाई र सुरक्षाकर्मीलाई अलर्ट राखेका थियो । काभ्रेस्थित रोशी खोलाको बाढीमा फसेका ५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।



पोखरा : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा प्रकृति प्रकोपका घटना बढ्न थालेको विषयमा पोखरामा सम्पन्न भएको अन्नपूर्ण जलवायु सम्मेलनले…
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…