
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय सबै सरकारी कार्यालय जलाए ।
राष्ट्रपति कार्यालय, सिंहदरवार , संसद भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत लगायत अधिकांश सरकारी कार्यालय प्रदर्शनकारीले जलाए । निजी व्यवसायीका व्यापारिक केन्द्र, पर्यटक बसिरहेका होटेल समेत प्रदर्शनकारीले जलाए । काठमाडौंमा सल्किएको आगोको झिल्को पोखरा, भरतपुर लगायत देशभर फैलियो । पोखराका पर्यटकीय होटलमा प्रदर्शनकारीले आगजनी गर्दा पर्यटकहरुले भागेर ज्यान जोगाउनु पर्ने अवस्था आइलाग्यो ।
भदौ २३ गतेको जेन जी प्रदर्शनमा सरकारले गोली चलाउँदा १९ जना कलिला बालबालिकाको मृत्यु हुनपुग्यो । देशभर प्रदर्शनकारीलाई सरकारले दमन गरेर युवाको आवाज बन्द गर्न खोज्दा राज्य आँतकमा परिणत गर्न खोज्नेले अवसरको रुपमा लिएर देश भरका सरकारी तथा निजी सम्पत्तिमा माथि आक्रमण गरे । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको बिरोधमा सुरुभएको युवा आन्दोलनलाई बेलैमा सरकारले सम्बोधन गर्नबाट चुक्दा अराजक तत्वले देशको सम्पत्ति नस्ट गर्ने गरी अराजकतामा परिणत गरे । यसले देशको खरवौ सम्पत्ति नष्ट हुन पुग्यो ।
जेन जी आन्दोलनमा भएका सरकारी तथा निजी सम्पत्ति नष्ट हुँदा पुनः निर्माणमा राज्यले खरबौं रुपैयाँ खर्च गर्नु पर्ने अवस्था आइलागेको छ । युवा आन्दोलनमा अराजकतत्वको घुुसपैठ भएर सरकारी सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गर्दा देश विकास र समृद्धिमा दशर्कौं पछि पर्नु पर्ने अवस्थामा मात्र आइलागेन वायु प्रदूषणको असर समेत प¥यो ।

नेपालको आगजनी भू—उपग्रहले समेत ग¥यो क्याप्चर
नेपालमा भएका भ्रष्टाचार र सामाजिक सञ्जालको विरोधमा भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा भएका आगजनी भू उपग्रहले समेत क्याप्चर गरेको पाइएको छ । आन्दोलनको क्रममा काठमाडोंका धेरै सरकारी कार्यालय र निजी सम्पत्ति जलेको दृश्य स्याटलाइटले समेत देखाएको हो । आन्दोलनको क्रममा राजधानी काठमाडौँका सरकारी भवन लगभग १२ घण्टा सम्म लगातार जलेका थिए ।
त्यही दृश्य स्याटलाइटले क्याप्चर गरेको देखिएको हो । यस्ता आगजनी जस्ता घट्नाले देशको आर्थिक अवस्थामा मात्र होइन वायुमण्डल प्रदूषण र मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर पर्ने संरक्षण विद् डा हुम गुरुङ बताउँछन् । पोखराका सरकारी र निजी सम्पत्तिमा लगातार आगजनी हुँदा पोखराका हावाको गुणस्तर पनि नाजुक बनेको थियो
। पोखराको सरकारी कार्यालय मासबार, रत्नचोक, राष्ट्रबैकचोक, सहिद चोक, बैदाम क्षेत्रमा बढी मात्रामा आगजनी भएको थियो । आगजनी भइरहँदा सास पर्ने समेत अप्ठ्यारो भएको स्थानीयले बताएका छन् । जेन जी आन्दोलनको समय काठमाडौँ विश्वकोछैटौं प्रदूषित सहरको रुपमा देखिएको थियो । उक्त दिन काठमाडौंको हावाको गुणस्तर (एक्यूआई) ११० भन्दा बढी रहेको थियो ।

तस्बिर : कृष्णमणि बराल
शून्यदेखि ५० हावाको गुणस्तरलाई राम्रो मानिन्छ । ५० देखि १०० लाई नराम्रो हुँदै गएको बुझाउँछ भने सय देखि १५० अस्वास्थ्य मानिन्छ । १५० देखि २०० ले अन्य मानिस र संवेदनशील समूहलाई अझै धेरै असर गर्छ । यस्तो अवस्था आउँदा विशेष गरी वृद्ध वृद्धा, बालबालिका, दीर्घ रोग भएकाहरूलाई बढी असर गर्ने चिकित्सक बताउँछन् ।
जेन जी आन्दोलनमा देशभर फैलिएको कालो बादल त अहिलेलाई हट्यो तर यसले वायुमण्डलमा र राजनीतिमा छाडेका असर भने युगौँ सम्म रहिरहने छ । यसलाई सफा गर्न र स्वच्छ वातावरण र स्वच्छ राजनीति बनाउन भने पहिलेकै भ्रष्ट र पुरातन सोच भएको नेतृत्वबाट पुरा हुने छैन । नयाँ सोच भएका दक्ष जनशक्ति र विज्ञान बुझेका दक्ष जनशक्तिको आवश्यक पर्ने छ ।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…