
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा २०८१÷०८२ मा वन्यजन्तु आक्रमणबाट ३५८ चौपाया मरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ र मनाङमा धेरै जसो चौपाया वन्यजन्तुबाट मारिएका हुन् ।
यसरी मारिएका चौपायाहरूमा भेडा, च्याङ्ग्रा, याक, गाई, भैँसी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । चौपायाहरू वन्यजन्तुबाट मरिदा धेरै हिउँचितुवाको आक्रमणमा परेका छन् । हिउँ चितुवाको आक्रमणबाट २०२ मारिएका छन् । यसै गरी चितुवाको आक्रमणबाट १२८ र ब्वाँसोको आक्रमणबाट २८ चौपाया मारिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए ।
वन्यजन्तुले चौपायालाई मात्र होइन स्थानीयलाई पनि आक्रमण गरेर घाइते बनाएको छ । कालो भालुको आक्रमणबाट अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत कास्कीको सार्दीखोलामा १ जना र मनाङमा १ जना गरी दुई जना घाइते भएको पनि एक्याप प्रमुख डा कडरियाले जानकारी दिए ।
४२ लाख ४१ हजार राहत वितरण
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्रमा वन्यजन्तुबाट घाइते स्थानीयको उपचार र वन्यजन्तुको आक्रमणबाट मरेका चौपायाको क्षतिपूर्ति समेत गरेर २०८१÷०८२ मा ४२ लाख ४१ हजार ६०६ रुपैयाँ क्षतिपूर्ति वितरण गरेको छ ।
संरक्षण क्षेत्रमा वन्यजन्तु आक्रमणबाट भएको क्षतिको थप ४१ लाख राहत दिन बाँकी रहेको आयोजना प्रमुख कडरियाले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट आउनु पर्ने राहत रकम आउन ढिलाइ भएकोले थप रकम दिन ढिलाइ भएको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले २०८१ ÷०८२ बाट मानव वन्यजन्तु द्धोन्द व्यवस्थापन कोष बनाएर संरक्षण र राहतलाई थप व्यवस्थित बनाउन सुरु गरेको जनाएको छ । वन्यजन्तुबाट आक्रमणबाट भेडा, च्याङ्ग्रा मरेमा अधिकतम १० हजार, याक, चौँरी मारेमा अधिकतम ६० हजार दिन गरी कोष बनाएको छ ।
वन्यजन्तु आक्रमणबाट चौपाया जोगाउन सामुदायिक खोरवन्यजन्तुको आक्रमणबाट चौपाया जोगाउन एक्यापले पछिल्ला वर्षहरूमा वर्षेनी सुरक्षित सामुदायिक खोर बनाइरहेको छ । यस अन्तर्गत २०८१÷०८२ मा १५ वटा सुरक्षित सामुदायिक खोर बनाएको एक्यापका प्रमुख डा कडरियाले जानकारी दिए । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङ लगायत क्षेत्रमा हाल सम्म ७७ वटा सुरक्षित सामुदायिक खोर बनाइएको जनाइएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…