
तीन दर्शक देखि वन्यजन्तु संरक्षण र अनुसन्धानमा क्रियाशील संरक्षणकर्मी राजु आचार्य एसियाका सय उत्कृष्ट साइंटिष्टमा परेका छन् । ‘एसियन साइंटिष्ट’ नामक पत्रिकाले प्रकाशित गरेको एसियाका उत्कृष्ट सय वैज्ञानिक सूचीमा आचार्य पनि छानिएका हुन् ।
सन् २०१६ देखि हरेक वर्ष, एसियाली वैज्ञानिक पत्रिकाले एसियाका उत्कृष्ट अनुसन्धानकर्ताहरूको सूची सङ्कलन गर्दछ । आठौँ संस्करणमा पोखरामा रहेर वन्यजन्तु संरक्षण र अनुसन्धानमा महत्त्वपूर्ण योगदान दिँदै आएका आचार्य पनि उत्कृष्ट सयमा परेका हुन् । यस सूचीमा पर्न सम्मानित वैज्ञानिकहरूले अघिल्लो वर्ष आफ्नो अनुसन्धानको लागि राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हुनु पर्छ । वैकल्पिक रुपमा उसले महत्त्वपूर्ण वैज्ञानिक खोज गरेको हुनुपर्ने प्रावधान रहेको छ ।
एसियन उत्कृष्ट सय वैज्ञानिकमा छानिएपछि संरक्षणकर्मी आचार्यले यो सूचीले एसियाभरका प्रभावकारी विज्ञान र नेतृत्वलाई सम्मान गर्ने बताए । यो यात्रामा साथ दिनु हुने सबैलाई धन्यवाद आचार्यले सामाजिक सञ्जालमा खुसी साटेका छन् । सन् २०२४ मा गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षण परियोजनाकालागि आचार्यले प्रसिद्ध ह्ट्ली अवार्ड अवार्ड प्राप्त गरेका थिए । संरक्षण क्षेत्रमा पु¥याएको योगदानको आधारमा बेलायतमा रहेका संस्था ह्ट्ली अवार्ड फन्ड फर नेचरले आचार्यलाई अवार्डबाट पुरस्कृत गरेको थियो ।

बेलायतको लन्डनमा आयोजित कार्यक्रममा बेलायती राजकुमारीले उक्त अवार्ड आचार्यलाई प्रदान गरेकी थिइन् । ह्ट्ली अवार्ड वार्डबाट प्राप्त ५० हजार पाउन्ड लाटोकोसेरो संरक्षण कार्यक्रममा खर्च गरिएको छ । प्रकृतिका साथीहरू संस्थाका कार्यकारी निर्देशक आचार्यले विगत ३५ वर्ष देखि वन्यजन्तुको अध्ययन र संरक्षणमा विशेष योगदान दिँदै आएका छन् । आचार्य विगत १७ वर्ष देखि अन्य वन्यजन्तुको साथै विशेष गरी लाटोकोसेरो संरक्षणमा बढी सक्रिय छन् । उनले लाटोकोसेरो संरक्षण सम्बन्धी ५ पुस्तक प्रकाशित गरेका छन् । लाटोकोसेरो सम्बन्धी डिजिटल पत्रिकाका सम्पादक समेत हुन ।

आचार्यले लाटोकोसेरो बाहेक ब्वाँसो, जङ्गली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, सानो मांसाहारी लगायत संरक्षणमा पनि काम गरेका छन् । सरकारले लागू गरेको दश वर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम उनले गरेका छन् । ह्ट्लिी अवार्डबाट प्राप्त पुरस्कारबाट गाउँ गाउँमा लाटोकोसेरो संरक्षणमा जनजागरण बढेको छ । लाटोकोसेरोकालागि कृत्रिम गुँड निर्माण, विद्यालय, समुदाय, सामुदायिक वन, उपभोक्ता समिति, सुरक्षाकर्मी लगायतलाई संरक्षण अभियानमा जोड्न विभिन्न कार्यक्रम पनि सम्पन्न भएको छ । आचार्य सहित नेपालका रिञ्जिन फुन्जो लामा, फ्रिनसन प्रधान, शैलेन्द्र गिरी र टिस्टा प्रसाईँ जोशी पनि उत्कृष्ट सय साइंटिष्टमा सूचीमा परेका छन् ।