
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा विभिन्न अवस्थामा फेला परेका वन्यजन्तुको उद्धार गरिँदै आएका छ । यस क्रममा २०८१÷०८२ मा एउटा हिउँ चितुवा सहित ९ वटा वन्यजन्तुको उद्धार गरिएको आयोजनाले जनाएको छ ।
उपल्लो मुस्ताङमा बाख्राको खोरमा पसेको हिउँ चितुवालाई उद्धार गरी पुन प्राकृतिक वासस्थानमा छाडिएको छ । यसै गरी पासोमा परेको एउटा चितुवालाई पनि उद्धार गरिएको एक्यापले जनाएको छ । नीर बिरालो, गिद्ध, लगायत वन्यजन्तुको उद्धार गरिएको बताइएको छ । एउटा कस्तुरी मृग कुकुरले टोकेर मरेको अवस्थामा मनाङमा भेटिएको पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरिया जानकारी दिए ।
एक हिउँ चितुवा सहित ७ वटा वन्यजन्तु मृत अवस्थामा फेला परे
अन्नपूर्ण संरक्षण क्षेत्रमा २०८१÷०८२ मा एउटा हिउँ चितुवा सहित ७ वटा वन्यजन्तु प्राकृतिक अवस्थामा मरेको फेला परेका छन् । यसरी प्राकृतिक अवस्थामा मरेका फेला परेका वन्यजन्तुहरुमा थार, कालिज प्रजातिका चरा, जङ्गली बिरालो, निर बिरालो लगायत रहेका छन् ।
हिमाली कालो भालुले मकै खाएर पु¥यायो नोक्सान हिमालपारीको जिल्ला मुस्ताङको कञ्जो, कोभाङ र लेतेमा हिमाली कालो भालुले मकै खाएर किसानको बाली नोक्सान पु¥याएको छ । २०८१÷०८२ मा यस क्षेत्रका ७७ वटा घर धुरीको ३८ हजार १ सय घोगा मकै (९ सय ५२ पाथी ) नोक्सान पु¥याएको एक्यापले जनाएको छ । कालो भालुले स्थानीयको मकै खाएर नोक्सान पु¥याएपछि एक्यापले मकैको खोया गनेर १ लखा ९० हजार रुपैयाँ राहत दिएको जनाएको छ ।
स्याउ जोगाउन हेरालो
स्याउकालागि प्रख्यात मुस्ताङमा स्याउ जोगाउन एक्यापले हेरालो उपलब्ध गराएको जनाएको छ । स्याउ फल्ने र पाक्ने समय साउन , भदौ र असोज तीन महिना स्याउ जोगाउन हेरालोको व्यवस्था गरिएको हो । मुस्ताङका विभिन्न स्थानका स्याउ बगैँचाका स्याउ जोगाउन ३ जना हेरालो एक्यापले उपलब्ध गराएको हो । यसरी स्याउ जोगाउन हेरालो व्यवस्था गर्दा ३८ घर धुरी लाभान्वित भएको जनाइएको छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…