
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा एला फाउन्डेसनले नेपालको लाटोकोसेरो संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै लाटोकोसेरो उत्सवमा पुरस्कृत तथा सम्मान गरेको हो । संरक्षण उत्सवमा आचार्य सहित अन्य तीन जना अनुसन्धानकर्ता, संरक्षणकर्ता र संस्था पनि पुरस्कृत भएका छन् ।
तीन दर्शक देखि वन्यजन्तु संरक्षण र अनुसन्धानमा क्रियाशील संरक्षणकर्मी आचार्य यस अघि एसियाका सय उत्कृष्ट साइँटिष्टमा परेका थिए । एसियन साइँटिष्ट नामक पत्रिकाले प्रकाशित गरेको एसियाका उत्कृष्ट सय वैज्ञानिक सूचीमा आचार्य पनि छानिएका थिए । पोखराका आचार्यले यस अघि सन् २०२४ मा गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षण परियोजनाकालागि प्रसिद्ध ह्ट्ली अवार्ड प्राप्त गरेका थिए ।
संरक्षण क्षेत्रमा पु¥याएको योगदानको आधारमा बेलायतमा रहेका संस्था ह्ट्ली अवार्ड फन्ड फर नेचरले आचार्यलाई अवार्डबाट पुरस्कृत गरेको थियो । यसको साथै आचार्य अमेरिकामा हुँदै आएको लाटोकोसेरो संरक्षण उत्सवमा पनि सम्मानित भइसकेका छन् । प्रकृतिका साथीहरू संस्थाका कार्यकारी निर्देशक आचार्यले विगत ३५ वर्ष देखि वन्यजन्तुको अध्ययन र संरक्षणमा विशेष योगदान दिँदै आएका छन् । आचार्य विगत १७ वर्ष देखि अन्य वन्यजन्तुको साथै विशेष गरी लाटोकोसेरो संरक्षणमा बढी सक्रिय छन् । उनले लाटोकोसेरो संरक्षण सम्बन्धी ५ पुस्तक प्रकाशित गरेका छन् । लाटोकोसेरो सम्बन्धी डिजिटल पत्रिकाका सम्पादक समेत हुन ।
आचार्यले लाटोकोसेरो बाहेक ब्वाँसो, जङ्गली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, सानो मांसाहारी लगायत संरक्षणमा पनि काम गरेका छन् । सरकारले लागू गरेको दश वर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम उनले गरेका छन् । ह्ट्लि अवार्डबाट प्राप्त पुरस्कारबाट गाउँ गाउँमा लाटोकोसेरो संरक्षणमा जनजागरण बढेको छ । लाटोकोसेरोकालागि कृत्रिम गुँड निर्माण, विद्यालय, समुदाय, सामुदायिक वन, उपभोक्ता समिति, सुरक्षाकर्मी लगायतलाई संरक्षण अभियानमा जोड्न विभिन्न कार्यक्रम पनि सम्पन्न भएको छ ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…