
नागाया : जापनको नागोयामा सहरमा चौथो संस्करणको नेपाल फेस्टिभल एण्ड एक्सपो २०२६ भइरहेको छ । शनिबारदेखि सुरु भएको नेपाल फेस्टिभलमा नेपाली कला संस्कृति, नेपाली परिकारको स्वाद समेत लिन पाउने गरी व्यवस्था गरिएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा जापानको नागोया सहरमा आयोजित चौथो नागोया नेपाल फेस्टिभल २०२६ ले नेपाली समुदाय तथा जापानी दर्शकहरूको उल्लेखनीय सहभागिता बटुलिरहेको छ।
एनआरएनए नागोया जापानको आयोजनामा तथा नेपाल सरकार, टोकियोस्थित नेपाली राजदूतावास, आइची प्रिफेक्चर सरकार, नागोया सिटी र एआईएको सहयोगमा महोत्सव शनिबारदेखि सुरु भएको हो। जापानको नागाया स्थित एडियोन हिलाया प्लाजामा भईरहेको महोत्सवमा नेपालको प्राकृतिक सुन्दरता, हस्तकला तथा नेपाली पहिचानलाई जापानको साथै अन्य देशबाट आएका पर्यटक सामु प्रस्तुत गरी पर्यटन प्रवद्धनमा समेत योगदान दिने गरी आयोजना गरिएको महोत्सवका उपसंयोजक सुरेशचन्द उपाध्यायले जानकारी दिए । नेपालका हस्तकला व्यवसायी पनि महोत्सवमा आफ्ना उत्पादन लिएर सहभागी भएका छन् ।

महोत्सवमा नेपाली सस्कृति झल्कने विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएको छ । नेपालको राष्ट्रिय गानमा, सायौं फूलका थुँगा हामी एउटै माला नेपाली भने जस्तै सबै जातजातिको सस्कृति, रहनसहन, भेषभुषा, खानपान महोत्सवमा सजिएको छ । विभिन्न समयमा अध्ययन, काम, व्यवसाय आआफ्ना परिस्थितिले जापान पुगेका नेपालीहरुले यसरी एक भएर जापानमा नेपालको परिचय दिनेगरी तीन दिने नेपाल महोत्सव मनाइरहेको एनआरएन नागोयाको अध्यक्ष यमन देवानले बताए ।

महोत्सवमा जापानको तर्फबाट नागोया सहरको मेयर र आइची प्रिफ्रेक्चरका मेयरले पनि महोत्सवलाई सम्बोधन गरेका थिए । उनिहरुले नेपाल र जापानको सम्वन्ध ७० वर्ष पुगेकोमा खुशी व्यक्त गरेका थिए । नेपालको कला संस्कृति र प्रकृतिको पनि उनिहरुले प्रशंसा गरेका थिए ।गायामा ३५ हजार नेपाली रहेको बताइएको छ ।




तस्बिरमा चौथो संस्करणका नेपाल फेस्टिभल ।
तस्बिरहरु : ऋषि बराल



जलवायु परिवर्तनको असर महासागरमा देखिन थालेको विभिन्न अध्ययनहरूले देखाएका छन् । विश्वमा तापक्रम वृद्धिले नेपालका हिमाल कालापत्थरमा परिणत हुने…
पोखरा : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा प्रकृति प्रकोपका घटना बढ्न थालेको विषयमा पोखरामा सम्पन्न भएको अन्नपूर्ण जलवायु सम्मेलनले…
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…