
पाेखरा : कोरोना भाइरस संक्रमण र मृत्युकाे ग्राफ निरन्तर डरलाग्दो गरी उकालो लागेको छ । वैशाख २१ गते मंगलबार एकै दिन ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म पुष्टि भएको एकै दिनमा धेरै मृत्युको सङ्ख्या हो।
सरकारले सोमबार प्रकाशित गरेको विवरण अनुसार थप ७,४४८ जनामा काेराेना संक्रमण र ३७ जनाको मृत्यु भएको थियो । यसै गरी आइतबार २७ जनाको मृत्यु भएको थियो । यसरी कोरोना संक्रमण र मृत्युको संख्या डरलाग्दाे गरी निरन्तर उकालो लागेको हाे । वैशाख महिनाको २१ दिनमा मात्र ३५९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ । दोस्रो लहर सुरु संगै वैशाख २१ गते सम्म मात्र ६९ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिंदा पनि परीक्षण नगरी घरमै बस्ने र जटील भएपछि मात्र अस्पताल आउने गरेका कारण उपचारमा ढिलाइ हुन पुग्दा मृत्युको संख्या बढेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । भारत अहिले कोरोनाभाइरस महामारीबाट नराम्री प्रभावित भएको छ। अहिलेसम्म भारतमा सङ्क्रमितको कुल सङ्ख्या दुई करोड नाघेको छ। छिमेकी देश भारतमा काेराेना भाइरसकाे माहामारी पछि नेपालमा पनि पछिल्लाे समयमा काेराेना भाइरस फैलिदै गएकाे छ । काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि नियन्त्रण गर्न संक्रमण बढी भएका जिल्लामा कडा खालकाे निषेधाज्ञा गरिएकाे छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…