
धर्मशास्त्र आचार्य गंगाधर तिमिल्सिनाले लेखेको ‘षोडश संस्कार र चाडपर्व’ पुस्तक पोखरामा सार्वजनिक गरिएको छ । केदारेश्वर वैदिक गुरुकुलका पीठाधीश डा। चिद्घन चैतन्य महाराजले बिहीबार यो पुस्तक विमोचन गरे । ८५ पृष्ठको यस पुस्तकमा मानव जीवनका महत्वपूर्ण १६ संस्कार र नेपाली चाडपर्वबारे जानकारी समेटिएको छ ।
पुस्तक विमोचन गर्दै पीठाधीश चैतन्यले सनातन वैदिक धर्मावलम्बीहरू वेदको आदेशमा चल्नुपर्ने बताए । उनले वेद नै वैदिक धर्मको मूल आधार भएको र यसमा संस्कार एवं आचरणबारे स्पष्ट उल्लेख गरिएको चर्चा गरे । ‘आचरण नै जीवन हो र संस्कार नै धर्म हो,’ उनले भने । समाजमा धेरै पुस्तक प्रकाशन भए पनि संस्कार र आचरण हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । लेखक आफैँ संस्कारमा रहे पनि उनका कति पुस्तासम्म यो कायम रहन्छ भन्ने कुरा महत्वपूर्ण हुने उनले बताए ।
वाल्मीकि क्याम्पसका सहप्राध्यापक विश्वनाथ दवाडीले पुस्तकको समीक्षा गर्दै मानव जीवनका १६ महत्वपूर्ण संस्कार सरल भाषामा व्याख्या गरिएको बताए । गृह्यसूत्रमा ५६ संस्कारसम्म वर्णन गरिए पनि मानव जीवनमा १६ संस्कारको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे । हिन्दू सनातनी परम्परालाई शास्त्रसम्मत प्रमाणित गरी यसको महत्व वर्णन गरिएको उनको भनाइ छ । यो पुस्तक बौद्धिक, धार्मिक र नैतिक संस्कारका लागि सान्दर्भिक रहेको उनले बताए ।
लेखक गंगाधर तिमिल्सिनाले मानव जीवनलाई उत्कृष्ट बनाउन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । पुस्तकमा गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, नामकरण, चूडाकर्म र वेदारम्भ जस्ता संस्कारका साथै प्रमुख नेपाली चाडपर्वबारे विस्तृत विवरण दिइएको उनले बताए ।
पञ्चासे प्रज्ञा मञ्चको संयोजनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणप्रसाद गौतमले लेखकका अन्य कृति पनि लेखन कार्य सकिएकाले चाँडै प्रकाशन हुने जानकारी दिए । वैकुण्ठ तिमिल्सिनाले पुस्तक प्रकाशनको उद्देश्यबारे चर्चा गर्दै यसले मानव जीवनलाई मार्गदर्शन गर्ने बताए । कार्यक्रममा संस्कार र चाडपर्वको महत्वबारे विभिन्न व्यक्तिहरूले चर्चा गरेका थिए ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…