
नुवाकोट : भदौ १० गते भोटेकोशीमा आएको बाढी प्रभावित नुवाकोटको वडा नम्बर ४, ७ र ९ नम्बर वडाका कुकुर, बिरालालाई रेबिज विरुद्धको खोप लगाइएको छ । बाढी प्रभावित क्षेत्रमा बिरामी चौपायाको उपचार, कुकुर बिरालालाई रेबिज विरुद्धको खोप लगाउने गरी पोखराबाट हिमालयन पशु उद्धार समूह पुगेको हो । नुवाकोटको विदुर नगरपालिकाको ढुंगेबजार, तुप्चे, चाँपको फेदी लगायतका क्षेत्रमा पुगेर बिरामी गाई, भैँसीलाई समेत आवश्यक औषधी उपलब्ध गराइएको हिमालयन पशु उद्धार समूहका अध्यक्ष दिव्यकुमार बरालले बताए ।
बाढीले नदी किनारमा ल्याएका जनावरको सिनो कुकुर, स्याललाले खाँदा रेबिज लाग्छ । यस्तो सिनोमा हुने कीटाणु पचाउन नसक्दा कुकुर, स्यालमा रेबिज लाग्छ । रेबिज बढे कुकुर हुँदै मान्छेमा पनि सर्छ । रेबिज मात्र होइन सिनोबाट हैजा, झाडापखाला जस्ता धेरै रोग फैलन्छ । यसैले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलनबाट जोगाउन सिना व्यवस्थापन महत्त्वपूर्ण रहेको समूहका अध्यक्ष बरालले बताए ।
यस अघि समूह धादिङ हुँदै गल्छी र नुवाकोटको बेत्रावती क्षेत्रमा पुगेर चौपायाको उद्धार र उपचार गरेको समूहका सदस्य सुरेश ढकालले बताए ।

बाढीले कति घरपालुवा चौपाया लगायत परेर कति वन्यजन्तु परे भन्ने यकिन छैन । यसको बारेमा अध्ययन पनि हुन सकेको छैन । आफ्नो पिडा भन्न नसक्ने पशु चौपायाको उपचार र आहारा उपलब्ध गराउन बाढी प्रभावित क्षेत्रमा पुगेको हिमालयन पशु उद्धार समूहका सदस्य ढकालले बताए । समूहले बाढी प्रभावित क्षेत्रका बस्ती नजिकै त्रिशूली नदीको बगरमा अव्यवस्थित रूपमा रहेका जनावरको सिनोमा औषधी समेत छरेको जनाएको छ ।
भोटेकोसीमा गएको बाढीले नुवाकोटका त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पु¥यायो । हिमालयन सुनामी नाम दिइएको भोटेकोसी बाढी नदी किनारका धेरै घर नामनिसान समेत नरहने गरी बगाए । बाढीसँगै मानिस र मानिसका सपना पनि बगे ।
घरमा पालेका चौपाया लगायत धनसम्पती केही रहेन । बाढीमा परेर शनिबार सम्म १३८५ जनाको मृत्यु र ५१३० जना बेपत्ता भएको सरकारी तथ्याङ्क छ । बचेकाको जीवन अस्तव्यस्त भयो । बाढीले बगाएर बस्तीमा रहेका स्थानीय, जलविद्युत केन्द्रमा काम गर्ने कर्मचारी, विभिन्न देशबाट घुम्न आएका पर्यटकको पनि ज्यान गयो । बाढीमा हराएकाहरूको खोज कार्य अझै पनि जारी रहेको छ ।

बाढी प्रभावित क्षेत्र नुवाकोटको वडा नम्बर ९ र ७ मा पुग्दा त्रिशूली नदी किनारका बस्तीका स्थानीयमा अझै त्रास उस्तै छ । त्यो दिनको बाढीका रुप देखेकाहरू अझै पनि तर्सने गरेका छन् । बालबालिका अझै पनि सपनामा पनि त्यही दृश्य देखेर चिच्याउने गरेको स्थानीय अभिभावकहरू बताउँछन् ।
बाढीका कारण मानव जनजीवन मात्र होइन पशु चौपायाको जीवनमा पनि अप्ठ्यारो आइपरेको छ । जनावरको सिनो अझै पनि नदी किनारमा देखिएका छन् । बाढीले बगाएर ल्याएका जनावरको सिनोको उचित व्यवस्थापन नहुँदा बस्तीमा अझै पनि दुर्गन्ध आइरहेको स्थानीय रूपक नेपाल बताउँछन् ।



पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी,…
पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…