
पोखरेलीले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान प्रतिक्षा गरेको दिन बुधाबार जु¥यो । फ्लाई दुबईको विमान दुबईबाट बुधबार साँझ पोखरा आइपुग्यो । त्यो एतिहासिक उडान नेपाली पाइलोट पनि ककपिटमा थिए । उनि हुन नेपाली पाइलट सर्बजीत यादव फ्लाई दुबईमा कार्यरत पहिलो नेपाली क्याप्टेन यादवले नै यो ऐतिहासिक उडानको नेतृत्व गरेर पोखरा आएका थिए ।
सीता एयर, सिम्रिक एयर र श्री एयरलाइन्समा काम गर्दै उडान क्षेत्रको अनुभव बटुलेका यादवले सन् २००८ देखि उडान सुरु गरेका हुन् । उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन् । सन् २०२५ मा क्याप्टेनमा पदोन्नति भएका यादवका लागि पनि पोखराबाट सुरु भएको यो नियमित अन्तर्राष्ट्रिय उडान विशेष थियो ।

पोखराबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान लिएर दुबईतर्फ उडेको विमानको नेतृत्व नेपाली पाइलटकै हातमा हुनु संयोग मात्र थिएन, अन्नपूर्ण हिमाल र ९ तालको सहर पोखराको आकाशसँग जोडिएको एउटा एतिहासिक क्षण थियो । नेपाली पाइलोट संगै उडान भरेको कति यात्रुलाई थाहानै थिएन । विमानमा सवार यात्रुहरूका लागि यो पोखराबाट बाहिरिने नयाँ बाटो थियो भने ककपिटमा रहेका यादवका लागि आफ्नै देशको एउटा नयाँ अन्तर्राष्ट्रिय उडानको नेतृत्व गर्ने अवसर ।




मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…