अल्पवृष्टिहुने मनाङमा भारी वर्षापछि पु¥यायो क्षति  तस्बिरमा


     नेचर न्युज    
     असाेज १४ गते २०८३ मा प्रकाशित


हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक अवरोध र हावाको तापक्रममा आउने परिवर्तनलाई मानिन्छ। 

बाक्लो हिउँ र सामान्य सिमसिम पानी मात्रै पर्ने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङ जिल्लामा भारीवर्षा हुन थालेपछि जनजीवन प्रभावित हुदै गएको छ । कम पानी पर्ने वातावरणमा बनेका माटोका घरका विकल्पमा जानु पर्ने, कम पानी पर्ने वातावरणमा लगाइने खेती प्रणालीमा पनि असर परेको स्थानीय बताउँछन् ।  पछिल्ला वर्षहरूमा सिमसिम पानी मात्र पर्ने यी जिल्लाहरूमा ठूलो पानी पर्न थालेपछि प्राकृतिक संकट निम्तिन थालेको हो । 

वर्षा संगै हिमाली जिल्लामा बाढी पहिरोको प्रकोप बढेको छ। असोज ९ देखि ११ गतेसम्म तीन दिनको अविरल वर्षाको प्रभाव मनाङ र मुस्ताङमा पनि परेको हो । बाढीले चामे बजारका ४ घर बगाए भने अन्य ४ घरमा क्षति पुर्याएको छ। मुस्ताङ जिल्लामा पनि दुई वर्षअघि कागबेनीमा यस्तै प्रकृतिको घटना भएको थियो। हिमाली क्षेत्रमा प्राकृतिक नियम तोडिने गरी जलवायु परिवर्तन भएको छ। यसैको असर स्थानीयले भोगिरहेका छन्। बाढीले मनाङको चामे बजारको पक्कीपुल पुरिएको छ । बाढीले पु¥याएको क्षति तस्बिरमा ।

बाढीको क्षतिको अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।