समाचार

सय उत्कृष्ट ‘एसियन साइंटिष्ट’ भित्र संरक्षणकर्मी राजु आचार्य

तीन दर्शक देखि वन्यजन्तु संरक्षण र अनुसन्धानमा क्रियाशील संरक्षणकर्मी राजु आचार्य एसियाका सय उत्कृष्ट साइंटिष्टमा परेका छन् ।  ‘एसियन साइंटिष्ट’ नामक पत्रिकाले प्रकाशित गरेको एसियाका उत्कृष्ट सय वैज्ञानिक सूचीमा आचार्य पनि छानिएका हुन् ।  सन् २०१६ देखि हरेक वर्ष, एसियाली वैज्ञानिक पत्रिकाले एसियाका उत्कृष्ट अनुसन्धानकर्ताहरूको सूची सङ्कलन गर्दछ । आठौँ संस्करणमा पोखरामा रहेर वन्यजन्तु संरक्षण र अनुसन्धानमा महत्त्वपूर्ण योगदान दिँदै आएका आचार्य पनि उत्कृष्ट सयमा परेका हुन् । यस सूचीमा पर्न सम्मानित वैज्ञानिकहरूले अघिल्लो वर्ष आफ्नो अनुसन्धानको लागि राष्ट्रिय वा… पुरा पढौ

एक्यापमा मानव–वन्यजन्तु द्वन्द्व : ४२ लाख ४१ हजार राहत वितरण

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा २०८१÷०८२ मा वन्यजन्तु आक्रमणबाट ३५८ चौपाया मरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ र मनाङमा धेरै जसो चौपाया वन्यजन्तुबाट मारिएका हुन् ।  यसरी मारिएका चौपायाहरूमा भेडा, च्याङ्ग्रा, याक, गाई, भैँसी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । चौपायाहरू वन्यजन्तुबाट मरिदा धेरै हिउँचितुवाको आक्रमणमा परेका छन् । हिउँ चितुवाको आक्रमणबाट २०२ मारिएका छन् । यसै गरी चितुवाको आक्रमणबाट १२८ र ब्वाँसोको आक्रमणबाट २८ चौपाया मारिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले जानकारी… पुरा पढौ

जेन जी आन्दोलनमा देशभर फैलिएको कालो बादल

पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय सबै सरकारी कार्यालय जलाए ।  राष्ट्रपति कार्यालय, सिंहदरवार , संसद भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत लगायत अधिकांश सरकारी कार्यालय प्रदर्शनकारीले जलाए । निजी व्यवसायीका व्यापारिक केन्द्र, पर्यटक बसिरहेका होटेल समेत प्रदर्शनकारीले जलाए । काठमाडौंमा सल्किएको आगोको झिल्को पोखरा, भरतपुर लगायत देशभर फैलियो । पोखराका पर्यटकीय होटलमा प्रदर्शनकारीले आगजनी गर्दा पर्यटकहरुले भागेर ज्यान जोगाउनु पर्ने अवस्था आइलाग्यो । भदौ २३ गतेको जेन… पुरा पढौ

भाटभनेटीमाथि बारम्बार आन्दोलन र असन्तुष्टिको निशाना बन्नु दुःखद —टेकानेट

पोखरा : देशभर २२ हजार युवालाई रोजगार दिएको भाटभनेटीमाथि बाराम्बार आन्दोलन र असन्तुष्टिको निशाना बन्नु दुःखद भएको भन्दै शैक्षिक तथा व्यावसायिक उन्नयन सञ्जाल (टेकानेट) ले विज्ञप्ति जारी गरी ध्यानआकर्षण भएको जनाएको छ । जेन जी आन्दोलनको क्रममा भदौ २४ गते अवसरवादी, अराजक समूह घुसपैठ गरी व्यवसायिक प्रतिष्ठान भाटभटेनी सहित पर्यटक बसीररहेका होटल, ररेष्टुरेन्ट लगायतमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । नेपालकै ठूला खुद्रा व्यावसायिक चेन भाटभटेनी सुपरमार्केटमा गरिएको तोडफोड र त्यसबाट भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको टेकानेटका अध्यक्ष… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्याल शितल निवासमा शुक्रबार पद तथा गोपनियताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका छन्् । कार्कीले शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह रात मञ्चमा थिए । सभामुख, उपसभामुख, एवं प्रतिपक्षी दलका नेता माञ्चमा थिएनन् । शपथग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मुख्यसचिव, प्रधान सेनापति , कुटनीतिक नियोगका प्रमुखहरु लगायतका व्यक्ति उपस्थित थिए ।… पुरा पढौ

वन्यजन्तु चोरीसिकार नियन्त्रण गर्न सुराकी एप्लिकेसन

वन्यजन्तु चोरी सिकार, अवैध व्यापार नियन्त्रणकालागि सुराकी एप्लिकेसन सुरु हुने भएको छ । आविष्कार केन्द्रको प्राविधिक सहयोगमा प्रकृतिका साथीहरू संस्थाले ५ लाख लगानीमा सुराकी एप्लिकेसन बनाएको हो । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा एप्लिकेसन बनाइएको हो । एप्लिकेसन एक सातामा सञ्चालनमा आउने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए । आम नागरिकले वन्यजन्तुको अवैध चोरीसिकार, अवैध व्यापार भएका तस्बिर, भिडियो, अडियो रेकर्ड गरेर अपलोड गर्न सकिने गरी एप्लिकेसन बनाइएको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक इन्द्र ओलीले बताए । यसरी सुराकी… पुरा पढौ

थातथलो छाड्दै कहाँ गए पोखरेली गिद्ध ?

पोखरा : एक दशकघि पनि पोखराका विभिन्न फाँटमा प्रशस्तै गिद्ध भेटिन्थे। चाउँथे फाँट, कुँडहर, फेवाताल किनारका सेदी, फेवा फाँट, अन्तर्राष्ट्रिय विमानस्थल भएको छिनेडाँडा, बिरौटा, लेखनाथका फाँटमा गिद्धका लागि ‘स्वर्ग’ नै मानिन्थे। तर, यी क्षेत्रमा पनि आजभोलि मुस्किलले गिद्ध देखा पर्छन्।  खुला चौर, खेत, फाँट र गिद्धका वासस्थानमा रहेका अग्ला सिमलका रूख सबै मासिँदै गए। गिद्धका लागि स्वर्ग मानिने पोखराको मुख्य बजार क्षेत्रबाटै थातथलो छाड्न गिद्धहरू बाध्य भएको डंगर प्रजातिका गिद्धमा विद्यावारिधि गरेका रामजी गौतम बताउँछन्। करोडौं लगानी गरेर पोखरामा सिँचाइ सुविधा… पुरा पढौ

हिन्दूकुश हिमालय संसदीय बैठक काठमाडौंमा

हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ सुरु भएको हो । हिन्दूकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको छ । अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा हुने बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका… पुरा पढौ

पोखराका तालहरुको जलकुम्भी झारबाट हस्तकलाका सामग्री बनाउँदै लक्ष्मी ग्रुप

पोखरा : यहाँका तालहरूमा फैलिएका जलकुम्भी झारबाट लक्ष्मी ग्रुपले हस्तकलाका सामग्री बनाउने भएको छ । ९ तालहरूको सहर पोखराका तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणकालागि सिपमूलक तालिम, रोजगारका अवसर सृजनाकालागि पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबीच बिहीबार पोखरामा पाँच वर्षे समझदारी भएको छ ।  तालहरूमा बढ्दो जलकुम्भी झार, लेउको प्रकोप लगायतका समस्यालाई दिगो रूपमा समाधान गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले समझदारी गरिएको बताइएको छ । समझदारीअनुसार, लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ताल सरसफाइका… पुरा पढौ

रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगार

 पोखरा : पर्यटकीय राजधानी पोखरामा शुक्रबार देखि रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयु फेष्ट सुरु भएको छ । पोखरा महानगरपालिका संगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपी को प्राविधिक सहयोगमा हरित रोजगार सिर्जना परियोजना अन्तर्गत दुई दिने आरयु फेष्ट सुरु भएको हो । फोहोरलाई खजना बनाउने मुलमन्त्र सहित गरिएको फेस्टिभलले पोखरा र देशकै हरित विकासकालागि एक नवीनतम प्रयासको रुपमा रहने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।… पुरा पढौ