पर्यटन

बुद्ध भूमिमा चरा संरक्षण मेला

भगवान बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारदेखि तेस्रो नेपाल चरा मेला सुरु भएको छ । नेपालसहित भुटान, फिलिपिन्स, ताइवान, सिंगापुर, भारतलगायत विभिन्न ७ देशका चराविद्, संरक्षणकर्मी, नेचर गाइड र वाइल्डलाइफ फोटोग्राफर सहभागी चरा मेलामा चराको संरक्षणका चुनौती र संरक्षणका उपायका बारेमा छलफल भइरहेको छ । कार्यक्रममा नेपाल सहित ७ देशका दुई सयभन्दा बढी चरा अनुसन्धानकर्मी तथा संरक्षणकर्मी लुम्बिनीमा भेला भएका छन् । नेपालमा हालसम्म अभिलेख भएका ९ सय ३ प्रजातिका चरामध्ये करीव १९ प्रतिशत (१७२ प्रजाती) चराका प्रजातीहरु संकटग्रस्त अवस्थामा रहेको विज्ञहरूले… पुरा पढौ

सुन्तला महोत्सवमा एकै दिनमा १५ लाखको कारोबार

पोखरा : सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको पोखरा २१ दोपहरेमा पहिलो सुन्तला महोत्सव भएको छ । किसानलाई सुन्तला खेतीमा लाग्न प्रोत्साहन गर्न सुन्तला महोत्सवको आयोजना भएको हो । महोत्सवमा किसानहरूले आफूले उत्पादन गरेको सुन्तला बिक्रीकालागि राखेका थिए । आफ्नो घर आँगनबाटै सुन्तला सोझै उपभोक्तालाई बिक्री गर्न पाएकोमा किसान खुशी भएको थिए । आफ्नै गाउँमा सुन्तलाबाट राम्रो आम्दानी हुनेभएपछि दोपहरेका धेरै जसो विदेशका काम छाडेर घर फर्केर सुन्तला खेती गर्दै आएका छन् । स्थानीय कृषक समूहका अध्यक्ष इन्द्रप्रसाद सुवेदी सुन्तला खेतीबाट… पुरा पढौ

वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन

वन कुकुरको वासस्थान सुधारकालागि कास्कीको पर्यटकीय गाउँ ताङ्तिङका स्थानीय समुदायले वन क्षेत्रबाट करिब २५० केजी प्लास्टिक संकलन गरेका छन्। संकलित प्लास्टिक पुनःप्रयोग गरी उपहार सामग्री बनाइने र छिट्टै बिक्री गरिने स्थानीयले बताएका छन् । गाउँदेखि परको वन क्षेत्रमा भएको यस सरसफाइ अभियानमा करिब ६८ जना आमा समूह, संरक्षण क्षेत्र व्यवस्थापन समिति, युवा क्लब, पर्यटन उपसमिति, टोल सुधार समिति, होमस्टे, होटल व्यवसायी लगायतको सक्रिय सहभागिता रहेको थियो। नौजु, सिक्लेस जाने बाटो तथा आसपासका क्षेत्रमा फोहोर संकलन गरिएको हो। संकलित फोहोर अन्नपूर्ण… पुरा पढौ

म्याग्दीको तोरीपानी होमस्टेको कोशेली टिम्बुर, भागो, भटमास, घिउ, तरकारी

तोरीपानी म्याग्दी : बेनी नगरपालिका ९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालनको आएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सयपत्री होमस्टे सञ्चालनमा आएको हो । इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पाँचवटा घरमा २१ ज्ना बस्न र खान सकिने गरी घरबास सञ्चालनमा आएको हो । पर्यटकको चापसँगै गाउँमा थप विस्तार हुने सयपत्री सामुदायिक घरबास समूहकी अध्यक्ष सीता खत्रीले बताइन् । घरबासमा आउने पाहुनालाई स्वागत तथा मौलिक कला र संस्कृतिको प्रदर्शनका साथै स्थानीय उत्पादन उपहार तथा बिक्री… पुरा पढौ

अंग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्दै पोखरा

पोखरा : अंग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्न पोखराको फेवाताल किनारमा पोखरा सडक महोत्सवको तयारी गरिएको छ । पुस १३ गते देखि १७ गते सम्म हुने २७ औं संस्करणको पोखरा सडक महोत्सवमा नेपाली खाना र संस्कृति एकै साथ सडकमा पस्किएर पर्यटकलाई आकर्षण गरिने छ । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको सडक महोत्सवले पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यको रुपमा विकास हुँदै आएको आयोजक संस्था रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । पहिले… पुरा पढौ

पोखराका तालहरुको जलकुम्भी झारबाट हस्तकलाका सामग्री बनाउँदै लक्ष्मी ग्रुप

पोखरा : यहाँका तालहरूमा फैलिएका जलकुम्भी झारबाट लक्ष्मी ग्रुपले हस्तकलाका सामग्री बनाउने भएको छ । ९ तालहरूको सहर पोखराका तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणकालागि सिपमूलक तालिम, रोजगारका अवसर सृजनाकालागि पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबीच बिहीबार पोखरामा पाँच वर्षे समझदारी भएको छ ।  तालहरूमा बढ्दो जलकुम्भी झार, लेउको प्रकोप लगायतका समस्यालाई दिगो रूपमा समाधान गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले समझदारी गरिएको बताइएको छ । समझदारीअनुसार, लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ताल सरसफाइका… पुरा पढौ

सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग

पोखरा  ः“सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग” भन्ने नाराका साथ विश्वभर योग दिवस मनाइएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि योग दिवस मनाइएको छ । भारतीय दूतावासको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योग अभ्यास गरेर शनिबार मनाइएको हो । पोखरा रङ्गशालाको फुटबल मैदानमा योग दिवस मनाउन ठूलो संख्यामा पोखरेली सहभागी भएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा पर्यटन विकासमा योग पर्यटन पनि एक महत्त्वपूर्ण रहने बताए । पछिल्लो समय खानपान, व्यवहारले स्वास्थ्यमा असर गरिरहेको अवस्थामा योगले स्वास्थ्य रहन सहयोगी… पुरा पढौ

वन्यजन्तु अपराध नियन्त्रणकालागि कार्यशाला

वन्यजन्तु अपराध नियन्त्रणकालागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा कार्यशाला भएको छ । एक्यापको आयोजनामा वडा प्रहरी कार्यालय रामबजारका सुरक्षाकर्मी बिच वन्यजन्तु अपराध नियन्त्रण जागरूकता समन्वय कार्यशाला सम्पन्न भएको हो ।  वन्यजन्तु अपराध नियन्त्रणका विषयमा केन्द्रित रहेर चार फरक फरक सत्रहरू सञ्चालन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । वन्यजन्तु र वन अपराध सम्वन्धि कानून, वन्यजन्तु अपराध परिदृश्य, नियन्त्रण उपायहरू, पहिचान, कानुनी प्रावधान लगायतका विषयमा कार्यशाला भएको हो । कार्यशालाले वन्यजन्तु अपराध नियन्त्रणमा थप सफलता मिल्ने… पुरा पढौ

संरक्षण यात्रा : लाटोकोसेरो कोर्दै बिद्यार्थी

नेपालमा पहिलोपटक गठन गरिएको ‘लाटोकोसेरो क्लब’ले आफ्नो रचनात्मक सुरुवातसँगै वातावरण संरक्षणको सन्देश फैल्याउन सुरु गरेको छ । पोखरा–२५ स्थित हेमजा बोर्डिङ स्कुलमा क्लबको नेतृत्व र ‘प्रकृतिका साथीहरू’ संस्थाको सहकार्यमा आयोजित संरक्षण चित्रकला प्रतियोगिता र सरसफाइ अभियानले बिधार्थी माझ नयाँ ऊर्जा थपेको हो । कार्यक्रमबारे क्लब अध्यक्ष सलिन गौतम भन्छन्, “चित्रकला जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिसँगै जैविक विविधता र वन्यजन्तु संरक्षणप्रतिको गहिरो चेतना प्रदान गर्छ।” बालमैत्री तरिकाबाट संरक्षण चेतना फैलाउन यस्ता गतिविधिहरू निकै प्रभावकारी हुने प्रकृतिका साथीहरू नेपालकी लाटोकोसेरो संरक्षण दूत दीपा… पुरा पढौ

पोखराको बासेको पधेरो क्षेत्रमा भेटियो बस्तीमा पानी लग्न प्रयोग गरिएका पुराना माटोका पाइप

पोखराको चारवटा वडाको सिमानामा पर्ने कैलाशेश्वर महादेव मन्दिर परिसर बासेको पधेरो नुवारथोकमा धेरै वर्ष पहिले बस्तीमा पानी लग्न गाडीएको अवस्थामा माटोको पाइप फेला परेको छ । स्थानीयहरूले पानी बस्तीमा लग्ने विस्तार गरिएकाे माटोको पाइप कहिले गाडीएको हो भन्ने नै थाहा नभएको बताएका छन् । बासेको पधेरो वर्षौ पुरानो मूलको स्रोत भएको पधेरो हो । यस पधेरोमा पोखरा ५, ६, ७ र १८ का बासिन्दा समेतले खानेपानीको प्रयोग गर्दै आएका छन् । यही पधेरोको पानी धेरै पहिले माटोको पाइप बनाएर बस्तीमा लगेको भेटिएको… पुरा पढौ