
सिंह र बाघमाथि कारोना खोप परीक्षण गरिएको छ । चिलिको चिडियाखानामा सिंह र बाघमा कोभिड १९ विरुद्धको परिक्षण खोप लगाइएको हो । चिलिको बुइन चिडियाखानामा रहेका सिंह र बाघमाथि ग्लोवल एनिमल हेल्थ कम्पनी जोयटिसको नेतृत्वमा पहिलो पटक कोभिविरुद्धको परीक्षण खोप लगाइएको बताइएको छ । जनावरहरुमा कोरोना भाइरस संक्रमण फैलिन नदिन र भाइरसबाट बचाउन कोभिड विरुद्धको खोप परीक्षण गरिएको बताइएको छ ।
चिडियाखानामा रहेका सिंह, बाघ, पुमास र चिम्पान्जी लगायत जंगली जनावरहरुमा कोभिडविरुद्ध पहिलो चरणको खोप लगाइएको हो । खोप प्रभावकारी भए अन्य चिडियाखानामा रहेका जनावरलाई पनि कोभिड विरुद्धको खोप लगाउने योजना रहेको अधिकारीहरुले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार कोरोना भाइरस जनाजरबाट मानिसमा सर्ने सम्भावना कम भए पनि मानिसबाट जनावरमा चाडो सर्ने गर्छ ।
यस अघि गत नोभेम्बर महिनामा कोरोना लागेर अमेरिकामा हिउँ चितुवाको मृत्यु भएको थियो । अमेरिकाको नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको मृत्यु भएको थियो ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…