प्रकृति

जलवायु न्याय खोज्दै राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असरलाई सामाजिक न्याय संगा जोड्दै जलवायु न्याय खोजेका छन् । सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने राष्ट्रपति पौडेलले बताए । स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को आज उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्व समुदाय खास गरेर विगतदेखि हालसम्मका ठूला उत्सर्जनकर्ता यो जिम्मेवारीबाट विमुख हुनु नहुने बताए। ुहामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन। जलवायु… पुरा पढौ

संकटमा सेतो गिद्ध

पोखरा : सेतो (गोब्रे) गिद्ध अन्य प्रजातिका गिद्ध जस्तै संकटमा पर्दै गएको पाइएको छ। सेतो गिद्धको जीवविज्ञान, खतरा र संरक्षणसम्बन्धी पोखरामा गरिएको एक अनुसन्धानबाट यस प्रजातिको गिद्धले अण्डा पारेदेखि कोरलेर हुर्काइ उडान भर्ने बेलासम्म प्रजनन् सफल दर ३१ प्रतिशत मात्र रहेको पाइएको छ। सेतो गिद्धको जीवविज्ञान, खतरा र संरक्षणसम्बन्धी अध्ययन गरेका अनुसन्धानकर्ता मिलन बरालका अनुसार गत वर्षको फागुन महिनादेखि यस वर्षको वैशाख महिनासम्म पोखरा उपत्यकामा गरिएको अध्ययनले यस प्रजातिका गिद्धको प्रजनन् सफलता दर ३१ प्रतिशत मात्र पाइएको बताए। यस अवधिमा… पुरा पढौ

पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका प्रति संयुक्त राष्ट्रसङ्घका महासचिव गेटेरेसको चिन्ता र हाम्रा हिमाल

पोखरा : हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक कार्यक्रममा पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताएका थिए । वास्तवमा मानवका गतिविधि पृथ्वीमा रहेका सबै जीवकालागि चिन्ता जनक बन्दै गएको छ । यसैलाई सचेत गराउँदै महासचिव गुटेरेसले यो चिन्ता गरेको हुनुपर्छ । मानवले बनाएका परमाणु बम पृथ्वीमा रहेका कुनै एक प्राणीलाई मात्र होइन सबै प्राणीलाई नै ध्वस्त पार्ने सम्मका अवस्था सृजना हुने देखिन्छ । शक्ति राष्ट्रहरूले आफ्नो शक्ति प्रदर्शनकालागि यस्तो जोखिमपूर्ण हतियार उत्पादन गर्ने होडले… पुरा पढौ

चराका बासस्थान नउजाड

पोखराको फेवाताल किनारको राजदवार परिसरमा रहेका बाँस घारीमा चराकाे बास छ । त्यो बाँस घारी चराका घर हुन् । अवोध चराका ति घर बेला बेलामा भत्काउने गरेपछि बकुल्ला लगायत चराको बास जोगाउन नेपाल ट्रस्टलाई अनुरोध गरिएकाे छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास जोगाउन अनुरोध गरेकाे हो । रत्न मन्दिर परिसरमा पर्ने बाराही घाट क्षेत्रका बाँसमा आख्लैपिच्छे बकुल्लाले गुँड लगाएका छन् । यति बेला बकुँल्लाले बचेरा हुँकाइरहेका… पुरा पढौ

विश्व वातावरण दिवसमा सचेतना कार्यक्रम

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो ।कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए । बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे ।संस्थाका सदस्य एवं पृथ्वीनारायण क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक कल्याण पन्तले पोखरा र आसपासको क्षेत्रमा पाइने बोटबिरुवा… पुरा पढौ

अमेरिकाको मिनेसोटामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको तयारी 

अमेरिकाको मिनेसोटामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको तयारी गरिएको छ । लाटोकोसेरो संरक्षणमा जनचेतना जगाउने उद्देश्यले महोत्सव हुँदै आएको आयोजकले बताएका छन् । मार्चको १ गते देखि ३ तारिख सम्म मिनेसोटाको हुस्टनमा महोत्सवको तयारी गरिएको हो ।  अमेरिकामा सन् २००६ बाट अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव हुँदै आएको छ । महोत्सवमा लाटोकोसेरोको आवाज निकाल्ने प्रतियोगिता, जिउँदा लाटोकोसेरोको प्रदर्शनी, विश्वभरिका लाटोकोसेरोको अध्ययन र संरक्षणमा लाग्नेलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ ।  नेपालमा हुँदै आएको लाटोकोसेरो तथा हुचील उत्सव पनि यहाँ हुँदै आएको उत्सवको प्रेरणाको स्रोत… पुरा पढौ

लाटोकोसेरा र नेपाल चरा संरक्षण उत्सव वन्यजन्तु संरक्षणकै लागि ऐतिहासिक

पृथ्वीमा करोडौँ जीव छन् । ती सबै आफ्नो अस्थित्व कायम गर्न सङ्घर्षरत छन् । मानिस पृथ्वीको एउटा यस्तो प्राणी हो जसले आफू बाँच्न धेरै जीवहरूको विनाश गर्दै आएको छ । मानिसका व्यवहारका कारण पृथ्वीबाट कति जीवहरू हराए होलान् भन्ने अनुमान पनि लगाउन सकिँदैन । मान्छेका व्यवहारका कारण पानीका स्रोतहरू सुक्दै, फोहर हुँदै गएका छन् । सजीव प्राणीकालागि सबैभन्दा पहिला आवश्यक पर्ने पानी मात्र होइन शुद्ध हावा, तापक्रम सबैमा मानिसका व्यवहारका कारण बढोत्तरी हुँदै गएको विभिन्न वैज्ञानिकहरूले अध्ययनबाट पत्ता लगाएका छन् । यसको… पुरा पढौ

पर्वतमा ११ औं लाटोकोसेरो संरक्षण उत्सव (फोटो फिचर)

पर्वतको जलजला गाउँपालिकाको लकेफाँटमा लाटोकोसेरो संरक्षण उत्सव गरिएको छ । मुसा लगायत अन्नबालीमा क्षति पुर्‍याउने जीवहरूलाई आहारा बनाएर अन्नबाली जोगाउने र पर्यावरण सन्तुलन राख्न लाटोकोसेरोले योगदान दिने गर्दछन् ।  मानिसहरूले विभिन्नतवरले यसको अवैध चोरी सिकारी गरिरहेका छन् ।  लाटोकोसेरो तथा हुचीलको अवैध चोरी  सिकारी गरेर विदेशमा समेत निर्यात हुने गरी व्यापार बढेपछि संरक्षणमा स्थानीय समुदायलाई लाग्न प्रेरणा दिन उद्देश्यले उत्सव हुँदै आएको आयोजक संस्थाका निर्देशक राजु आचार्यले बताए । माघ १९ र २० गते पर्वतको जलजला गाउँपालिका स्थित २३ सय… पुरा पढौ

लाटोकोसेरो संरक्षणमा जनचेतना जगाउन उत्सव

पोखरा : देश भर बिभिन्न व्यापारिक महोत्सव भइरहेको अवस्थामा चरा संरक्षणकालागि पर्वतमा संरक्षण उत्सव हुने भएको छ । लाटोकोसेरो तथा हुचील संरक्षणमा जनचेताना जगाउन पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट लोप्रेमा माघ १९ गते देखि दुई दिने उत्सव हुने भएको छ । लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौं भन्ने नाराका साथ पर्वतमा ११ औं संस्करणको, ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८०’ हुन लागेको हो ।संरक्षण उत्सव लोप्रे स्थित मालीका आधारभुत विधालयमा हुने छ । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरु… पुरा पढौ

बाघ संरक्षणमा चुनौती : पासोमा परेको अवस्थामा मृत भेटियो पाटे बाघ

टीकारपुर :अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको छ । कैलालीको जानकी गाउँपालिका  स्थित अमरावती सामुदायिक वनमा पाटे बाघ मृत भेटिएको हो । आइतबार पासोमा परेको अवस्थामा बाघ मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सामुदायिक वन भित्र थापेको काँडेतारको पासोमा परेर मरेको अवस्थामा बाघ भेटिएको डिभिजन वन कार्यालय लम्कीले जनाएको छ । मृत भेटिएको झण्डै १७/१८ वर्ष उमेरको पोथी पाटेबाघ रहेको बताइएको छ । घट्नाको प्रकृति हेर्दा केही दिन अघि देखि नै काँडेतारको पासो बाघको… पुरा पढौ