प्रकृति

तापक्रम बढेसँगै संसारमा भइरहेछ ठूला क्षति

अचेल हामी मानिसहरू हरेक पल अलिअलि गर्दै पृथ्वीको जलवायु परिवर्तन गर्दैछौं। गर्मी याममा तापक्रम बढ्दै जानु, पहिलेभन्दा धेरै पानीमिश्रित आँधी आउनु, समुद्रको सतह बढ्नु र झन् झन् भयंकर डढेलो लाग्नु यसकै परिणाम हुन्। यी परिवर्तनबाट हाम्रो घर, समाज र पर्यावरणलाई हुने खतरा बढिरहेको छ। यीबाहेक, हामी झनै ठूलो रूपमा पनि जलवायु परिवर्तन गरिरहेका हुन सक्छौं। विगत दुई दशकदेखि वैज्ञानिकहरूले कार्बन उत्सर्जनका कारण भइरहेको तापक्रम वृद्धिले प्रकृतिका विशाल प्रणालीहरूलाई विनाशतर्फ धकेलिरहेको हुन सक्छ भनेर चेतावनी दिइरहेका छन्। यी प्रणाली धेरै विशाल भएकाले तापक्रम बढे पनि… पुरा पढौ

स्वदेशी काठ उपयोग सर्वसुलव बनाउँ

संरक्षण, सम्वद्र्धन र विकास गरेको सामुदायिक वनलाई मुलुकको समृद्धिसंग जोड्नु पर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । वन विज्ञान अध्ययन संस्थामा अध्ययनरत विद्यार्थीको संस्था टेरा कन्जर्भेसन सोसाईटीद्धारा आयोजित सामुदायिक वन विषयक अन्तरसम्वाद कार्यक्रमका वक्ताहरुले प्राकृतिक श्रोतको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन । स्वदेशी काठको सदुपयोग गर्दै विदेशी काठको आयातलाई विस्तापित गर्नुपर्नेमा जोड दिंदै कार्यक्रमका सहभागिहरुले सामुदायिक वन उपभोक्ताले संरक्षणमा पु¥याएको योगदान र वन प्राविधिकको ज्ञानलाई उपयोग गर्नुपर्ने आवश्यकता औल्याए । वन क्षेत्रको काठ मात्र नभई महत्वपूर्ण जडिवुटी,वन्य जन्तु लगायत… पुरा पढौ

प्राकृतिक विपद् : बडिगाडमा ५० परिवार विस्थापित

पोखरा ः वर्षा मौसम सुरु संगै देशभर प्राकृतिक विपद्का घटना घटेका छन् । प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा नागरिकले ज्यान गुमाएका छन् । बस्ती, घर, पुलपुलेसाको क्षति भएको छ । बागलुङको बडिगाड गाउँमा मात्रै पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । एक जना अझै सम्पर्कविहीन छन् । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका ९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्नेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका छन् ।… पुरा पढौ

नागपञ्चमी : नाग लगायत सबै जीवको संरक्षण गरौं

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइन्छ । यसरी नागको तस्बिर टास्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । यसको अर्थ पृथ्वीमा रहेको सबै प्राणीको अस्थित्व हुनु आवश्यक छ भन्ने हो । वर्षमा एक दिन नागलाई पुजा गर्ने र अरु दिन दुःख दिन यो पर्व मनाइने गरिएको होइन । सबैको अस्थित्वमै मान्छेको पनि अस्थित्व… पुरा पढौ

मनसुन भित्रिय यता विपदबाट १६५ जनाको मृत्यु

यस वर्ष विपदबाट छाेटाे समयमा ठूलाे धनजनको क्षति भएको छ । मनसुन भित्रिए यता बाढी, पहिरोलगायत विपदबाट एक सय ६५ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका थुप्रै घटनाहरूका कारण जन र धानको क्षतति भएका छन्। विपदबाट मंगलबार अपराह्न ३ बजेसम्म १६५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोमबार अपराह्न ३ बजेदेखि मंगलबार अपराह्न ३ बजेसम्ममा मात्रै पनि पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। बागलुङको… पुरा पढौ

चितवनमा मान्छे आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवनको नारायणगढको नारायणी नदी किनारमा शनिबार बिहान मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । मर्निङवाकमा निस्केका भरतपुर २ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो । बाघलाई ड्रोन, हात्तीको प्रयोग गरी चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले डार्ट गरेर १७ घण्टापछि नियन्त्रणमा लिएका हुन् । नदी किनारको नरकटको झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाई तर्साउने गरेको थियो । बाघकोे ब्यवहारबाट हात्तीहरु बिच्किएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई… पुरा पढौ

बाघको आक्रमण बढ्यो

दोधारा चाँदनी नगरपालिकामा बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको हप्ता दिन नपुग्दै नारायणगढस्थित मानवबस्ती नजिकै नारायणी नदी किनारमा अर्को मान्छेलाई बाघले आक्रमण गरेको छ । चाँदनी नगरपालिका २ की हीरादेवी शाह उखुबारीमा घाँस काट्दै गर्दा बहिबार बाघले आक्रमण गरेको थियो । उद्धार गर्न गएको टोलीले उनलाई उखुबारीभित्र मृत अवस्थामा फेला पारेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले शाहलाई आक्रमण गर्ने बाघलाई ड्रोनको प्रयोग गरी बाघ भएको स्थान पहिचान गरि डार्ट गरेर नियन्त्रण लिएको थियो । दोधारा चाँदनी नगरपालिकामा बाघको… पुरा पढौ

ड्रोनको प्रयोगगरी बाघकाे खाेजी र नियन्त्रण

कञ्चनपुर दोधारा चाँदनी नगरपालिका२ की २३ वर्षीया हिरा शाहको बिहीबार बाघको आक्रमणबाट मृत्यु भएकाे छ । दोधारा कलाशा टोलमा उखु बारीमा घाँस काट्दै गर्दा बाघले आक्रमण गर्दा घट्ना स्थलमै शाहको मृत्यु भएको थियो । बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि शुक्लाफाँट राष्ट्रिय निकुञ्जले शाहलाइृ आक्रमण गर्ने बाघ नियन्त्रणमा लिने योजना बनायो । बाघ नियन्त्रण त गर्ने तर बाघ कहाँ छ भन्ने पत्ता लगाउन के गर्ने भन्ने विषयमा निर्णय लिने क्रममा ड्रोनको प्रयोग गर्ने निर्णयमा निकुञ्ज पुग्याे । यसरी बाघ नियन्त्रणमा… पुरा पढौ

बर्दिया राष्ट्रिय निकुञ्जमा प्रिन्स ह्यारीलाई बाघ अनुगमन बारे जानकारी गराउँदाको स्मरणीय क्षण

तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज हो । यही बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा विश्वकै चर्चित व्यक्तिहरूलाई स्वागत गरेको छ । विशेष गरेर बाघ, गैँडा, गोही लगायत दुर्लभ वन्यजन्तुको प्रत्यक्ष अवलोकनकालागि आकर्षक गन्तव्य मानिने बर्दियामा सामान्य पर्यटक देखि बेलायती राजकुमार प्रिन्स ह्यारी, टाइटानिकका हिरो लगायत सम्म पुगेका छन् । यहाँ मैले बेलायतका राजकुमार प्रिन्स ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज आउँदा उहाँ संग बिताएका केही क्षणका बारेमा आफ्नो अनुभव सेयर गर्दै छु । मानव जीवनमा अध्ययन, सिकाई, नयाँ नयाँ प्रविधिको ज्ञान महत्त्वपूर्ण… पुरा पढौ

लाटोकोसेरो संरक्षणका लागि’संरक्षण दूत’ छनाैट

गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको लागि संरक्षण दूत छनौट भएका छन् । किसानको साथी लाटोकोसेरो संरक्षणकालागि पहिलो पटक संरक्षण दूत छनौट गरी संरक्षण अभियान सुरु हुन लागेको हो ।  यसकालािग ६ जना 'लाटोकोसेरो संरक्षण दूत' छनौट भएका छन्। यस क्षेत्रमा लाटोकोसेरो संरक्षणको लागि बुढा रुखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणको लागि कृत्रिम गुँड वितरण, चोरी शिकारी नियन्त्रण गर्ने सरोकारवालाहरुको क्षमताको अभिवृद्धि कार्यको सहजीकरण गर्नका लागि संरक्षण दूतकाे छनौट गरिएको हो। लाटोकोसेरो… पुरा पढौ